८ माघ २०८२, बिहिबार | January 22, 2026

चित्लाङमा चार पाङ्ग्रे मोटरसाइकल ‘क्वाड’ चढ्नेको धुइरो



टिस्टुङ । अङ्ग्रेजी नयाँ वर्ष २०२१ शुरु हुनै लाग्दा मकवानपुरको पर्यटकीय क्षेत्र चित्लाङमा पर्यटकको सङ्ख्या वृद्धि हुन थालेको छ ।

पर्यटक आगमनसँगै नेपालमै पहिलो पटक व्यावसायिकरूपमा शुरु गरिएको चार पाङ्ग्रे मोटरसाइकल ‘क्वाड’ चढ्नेको धुइरो लाग्न थालेको छ ।

विश्वव्यापीरूपमा फैलिएको कोभिड-१९ को महामारी नियन्त्रण गर्न लकडाउन घोषणा भएपछि ‘क्वाड’ को मजा लिन आउने पर्यटकको सङ्ख्या कमी भए पनि दशैँ-तिहारयता क्वाडको आकर्षण बढेको सञ्चालक रामशरण नेपालले बताए ।

एक वर्षअघि गेयर नेपाल प्रालि र चित्लाङको चित्लाङ रिसोर्ट प्रालिले संयुक्तरूपमा क्वाड मोटरसाइकलको व्यावसायिक सञ्चालन शुरु गरेका थिए । चित्लाङमा अहिले पाँच वटा क्वाड सञ्चालनमा रहेका छन् । चित्लाङ रिसोर्टबाट थाहा नगपालिका-९ चित्लाङ माझगाउँसम्मको कच्ची सडकको करिब सात किलोमिटर खण्डलाई क्वाड सञ्चालनको मार्ग तय गरिएको छ ।

चीनबाट प्रतिथान करिब रु ११ लाख तिरेर भित्र्याइएको क्वाड सञ्चालन गर्न स्थानीय वडा कार्यालयले अस्थायी अनुमति दिएको छ । नेपालमा क्वाड सञ्चालन तथा नियमन गर्ने विषयमा कानूनी व्यवस्था नभएको र कार्यविधिसमेत नभएकाले हाल अस्थायी अनुमति लिएर कच्ची बाटोमा सञ्चालन गरिएको सञ्चालक नेपालले जानकारी दिए ।

क्वाड मोटरसाइकल विदेशमा खासगरी मरुभूमि, हिलो र सतह नमिलेको बाटोमा साहसिक यात्राका लागि प्रयोग गर्ने गरेको पाइन्छ । चित्लाङमा पनि क्वाड चढ्नेले हिलो, चिप्लो र चट्टानी बाटोमा अझ रमाइलो हुने अनुभव सुनाएका छन् । भक्तपुरबाट क्वाडको मजा लिन आएका रञ्जित व्यञ्जनकारले तुसारो पग्लेर हिलाम्मे बाटोमा क्वाड चलाउँदा निकै रमाइलो अनुभव भएको सुनाए ।

सात किलोमिटर क्वाड यात्राका लागि रिसोर्टले पर्यटकसँग रु तीन हजार लिने गरेको छ । यात्राअघि रिसोर्टले केही समय आवश्यक निर्देशन दिनुका साथै परीक्षणसमेत गराउने गरेको छ । पर्यटक क्वाड यात्राका लागि निस्केपछि रिसोर्टले कर्मचारीमार्फत अनुगमनसमेत गर्ने गरेको छ । यी कामका लागि छुट्टै कर्मचारीको व्यवस्था गरिएको रिसोर्टले जनाएको छ ।

चित्लाङ धार्मिक, सांस्कृतिक, पुरातात्विक र ऐतिहासिक दृष्टिले मकवानपुरकै प्रमुख पर्यटकीय गन्तव्य मानिन्छ । महाकवि लक्ष्मीप्रसाद देवकोटाले यात्री कविता रच्नुभएको गुर्जुधारासहित लिच्छविकालीन ढुङ्गेधारा, पाटी, पौवा, धर्मशाला, नेपालकै पहिलो बाख्राको चिज, ऐतिहासिक झरना, चैत्य, चिःवहा आदिले चित्लाङ पर्यटकीय दृष्टिले महत्वपूर्णस्थलको रूपमा रहेको छ ।

प्रकाशित मिति : १६ पुस २०७७, बिहिबार  ११ : २४ बजे

दाङका वनका सालको रूखमा महामारी, ‘मथ’पुतलीले पात सखाप

दाङ । दाङको तुलसीपुर उपमहानगरपालिका-३ स्थित नमूना महिला सामुदायिक वनमा

प्रेस काउन्सिलमा छ महिनामा १६३ उजुरी

काठमाडौं । चालु आर्थिक वर्षको छ महिनामा प्रेस काउन्सिल नेपालमा

मकवानपुरको सिमखोलामा सवारी दुर्घटना, एक जनाको मृत्यु

बागमती । कुलेखानी-काठमाडौं सडकखण्डअन्तर्गत मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-२ सिमखोला पुल नजिक

साफ फुटसल च्याम्पियनसिप : नेपाल आज माल्दिभ्ससँग भिड्दै

काठमाडौं । नेपालले दक्षिण एसियाली फुटबल महासंघ (साफ) फुटसल च्याम्पियनसिप

मुस्ताङमा असी प्रतिशत निर्वाचन प्रहरी जिल्ला बाहिरका

मुस्ताङ । आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई