२० बैशाख २०८३, आइतबार | May 3, 2026

रिचार्ज कार्डमा मनपरी मूल्य



डोटी । जिल्लाका ग्रामीण भेगमा नेपाल टेलिकम र निजी क्षेत्रको कम्पनी एनसेलका प्रिपेड रिर्चाज कार्डमा मनपरी मूल्य लिने कार्य अझै रोकिएको छैन । हालसम्म सम्बन्धित निकायले समेत कुनै सुनुवाइ नगरेको सेवाग्राहीका गुनासो छ ।

यहाँका गाउँघरका व्यापारीले मनपरी मूल्य लिँदा ग्राहक ठगिँदै आएको दिपायल सिलगढी नगरपालिका-१ का भीमबहादुर साउदले जानकारी दिए । उनले भने, “गाउँमा व्यापारीले रिचार्ज कार्डमा मनपरी मूल्य लिँदा ग्राहक ठगिँदै आएका छन् । सम्बन्धित निकाय मौन बसेका छन् ।”

जिल्ला सदरमुकाम भन्दा बाहिर रहेका सबैजसो ग्रामीण भेगहरुमा व्यापारीले रिचार्ज कार्डमा उल्लेखित अधिकतम खुद्रा मूल्य भन्दा १० देखि २० रुपैयाँसम्म बढी लिने गरेको प्रयोगकर्ता (ग्राहक)को गुनासो छ । यहाँका गाउँमा व्यापारीले रु १०० को रिचार्ज कार्डमा रु १२० र रु ५० को कार्डमा रु ६० लिने गरेको स्थानीयवासीको आरोप छ ।

जिल्लाको बोगटान फुड्सिल , जोरायल, पूर्वीचौँकी, सायल, आदर्श, बडिकेदार गाउँपालिकालगायतका सडक यातायातको सुविधा पुगेका क्षेत्रमा पनि अधिकतम खुद्रा मूल्य भन्दा बढी रुपैयाँ लिने गरेको जनाइएको छ ।

नेपाल टेलिकमले कुनै चासो नदिँदा समस्या जस्ताको तस्तै रहेको जोरायल-५ का नीरज विष्टको भनाइ छ । कार्डहरुमा अधिकतम खुद्रा मूल्य प्रष्ट उल्लेख गरेको भए पनि व्यापारीले उक्त कुराको बेवास्ता गर्दै नियम विपरीत ग्राहकसँग बढी रकम असुल्ने गरेको उनको भनाइ छ ।

गाउँमा रिचार्ज कार्ड बिक्री गर्ने ग्राहकलाई रिचार्ज कार्डमा उल्लेख भएको मूल्यमा छुटदिइने भएकाले उनीहरुले गाउँमा बिक्री गर्दा जति रकमको रिचार्ज हो त्यत्ति रकम मात्रै लिनुपर्ने दिपायल पिपल्ला बजारमा नेपाल टेलिकम तथा एनसेलका रिचार्ज कार्ड थोकमा बिक्री वितरण गर्दै आएका डिलर व्यापारी किरण भण्डारीले जानकारी दिए ।

उनले भने, “हामीले गाउँका व्यापारीलाई कार्ड बिक्री गर्दा छुट दिएका हुन्छौँ, उहाँहरुले तोकिएको मूल्यमा ग्राहकसँग कार्ड बेचेकुनै घाटा हुँदैन ।” नेपाल टेलिकम दिपायल राजपरका सूचना अधिकारी प्रकाशबहादुर चौधरीले गाउँमा टेलिकमका कार्डमा तोकिएको भन्दा बढी मूल्य लिएको विषयमा अनुगमन गरिने तयारी भइरहेको जानकारी दिए । उनले भने, “कार्डमा बढी मूल्य लिइँदैछ भन्ने सुन्नमा आएको छ, हामी खास कुरो केहो छानबिन गर्ने तयारीमा छौँ, गलत देखिए कारवाही हुन्छ ।” नेपाल टेलिकम व्यापार शाखा अत्तरियाका मगेन्द्र चौधरीले कार्डमा तोकिएको भन्दा बढी मूल्य लिने गरेको गुनासो आएपछि टेलिकमबाट छानबिनका लागि कर्मचारी खटिएको बताए ।

उनले भने,“कार्डमा मनपरी मूल्य लिएको विषयमा कर्मचारी खटाएर अनुगमन गराउदै छौँ, गलत प्रमाणित भएका ठाउँमा तत्काल कारवाही हुन्छ ।” रासस

प्रकाशित मिति : १६ पुस २०७७, बिहिबार  २ : १९ बजे

सबै कम्युनिस्ट एकताबद्ध भएर क्रान्तिको सपना पूरा गर्छौ : प्रचण्ड

रुकुम पश्चिम । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक एवं पूर्वप्रधानमन्त्री

एमालेमा डिजिटल सदस्यता प्रणाली लागू, नविकरण नगरे जिम्मेवारीबाट मुक्त

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले पार्टी सदस्यता व्यवस्थापनलाई

स्थानान्तरण प्रक्रियामा छुटेका नागरिकलाई सम्पर्कमा आउन आग्रह

काठमाडौँ । सहरी विकास मन्त्रालयले काठमाडौँको बागमती र सहायक नदी

कपनका साततले, पाथीभरा, तेन्जिङ चोकका अतिक्रमित संरचना धमाधम हटाइँदै

काठमाडौं । काठमाडौं उपत्यकाका वाग्मती र त्यसका सहायक नदी तथा

धोबीखोलाको साततले घर डोजरले कोपरेर मात्र छोडियो

काठमाडौं । सरकारले सुकुम्बासी तथा अव्यवस्थित बसोबासी बस्तीमाथि डोजर चलाइरहेका