२१ आश्विन २०८३, बुधबार | October 7, 2026

घर भत्किँदा डोटीमा एक महिलाको मृत्यु



डोटी । डोटीमा घर भत्किँदा एक जनाको मृत्यु भएको छ। दिपायल सिलगढी नगरपालिका(५ गैराकी ३० वर्षीया गङ्गा मलासीको मृत्यु भएको हो।

शनिबार राति चार कोठा भएको एक तले घर भत्किँदा सोही घरमा सुतेकी मलासीको च्यापिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ। राति नै जिल्ला प्रहरी कार्यालय डोटीबाट प्रहरी नायव निरीक्षक आन सिंह धामीको कमाण्डमा गएको १० जनाको टोलीले उद्धारको कार्य गर्दा बिहान ५ बजे मलासीको शव निकालेको थियो।

घटनाको आवश्यक अनुसन्धान भइरहेको र त्यसका लागि प्रहरी निरीक्षक लक्ष्मीराज जोशीको कमाण्डमा ६ जनाको टोली खटिएको छ।

भत्किएको घरमा मृतक एक्लै रहेको उनका आफन्त तथा दिपायल सिलगढी नगरपालिका-६ का वडाध्यक्ष नरेश मलासीले जानकारी दिए। उनका श्रीमान् नेपाल प्रहरीमा कार्यरत छन्। उनी कैलालीबाट आउँदै गरेको मलासी बताउँछन्।

प्रकाशित मिति : २३ असार २०८०, शनिबार  १२ : १९ बजे

कांग्रेस महाधिवेशन : चार वटा प्रतिवेदन पारित हुँदै

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत आज चौथो दिन बन्दसत्र

एमाले स्थायी कमिटीको पहिलो बैठक आज, वरिष्ठ नेता विद्या भण्डारी सहभागी हुने

काठमाडौं । नेकपा (एमाले)को स्थायी कमिटीको पहिलो बैठक बिहीबार बस्दैछ

मध्यपहाडी लोकमार्गअन्तर्गत कास्कीमा तीन मोटरेबल निर्माण

कास्की । राष्ट्रिय गौरवको आयोजना पुष्पलाल (मध्यपहाडी) लोकमार्गअन्तर्गत कास्की खण्डमा

लुम्बिनीसहित विभिन्न प्रदेशमा मेघगर्जनसहित वर्षाको सम्भावना

काठमाडौं । आज देशका विभिन्न प्रदेशमा मेघगर्जन, चट्याङ, हावाहुरी र

कांग्रेस १५औँ महाधिवेशन : पहिलो नामावली सार्वजनिक, आज दाबी-विरोध

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि