३ चैत्र २०८२, मंगलबार | March 17, 2026

श्रवण दृष्टिविहिन अपाङ्गता विषयमा अभिमुखिकरण



बुटवल । नेपाल नेत्रहिन संघ रुपन्देही श्रवण दृष्टिविहिन परियोजनाको आयोजनामा सरकारी कर्मचारी, जनप्रतिनिधि र सरोकारवाला निकाय तथा स्वाथ्य स्वम सेविकाको निम्ती श्रवण दृष्टिविहिन अपाङ्गता सम्बन्धी एक दिने अभिमुखिकरण तथा सचेतनामुलक तालिम सम्पन्न भएको छ ।

नेत्रहिन संघ रुपन्देहीका अध्यक्ष कृष्ण बहादुर जिसीको अध्यक्षता मायादेवी गाउँपालिकाका प्रमुख धुब्र नारायण चौधरीको प्रमुख आतिथ्यातमा कार्यत्रक्रम भएको हो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि चौधरीले श्रवण दृष्टिविहिन अपाङ्गताको विषयमा सबै जना गम्भिर हुुनुपर्ने बेला आएको बताए । गाउँपालिकाले उक्त प्रकृतिको अपाङ्गता भएका बालबालिकाहरुको लागि काम गर्ने प्रतिवद्धता जनाउदै उनले सबै जनाको साथ र सहयोगले अपाङ्गता भएका व्याक्तिहरुसमाजको मुलधारमा आउन सक्ने समेत बताए ।

परियोजना प्रशिक्षक टिकाराम पौडेल लगायतको सञ्चालनमा भएको कार्यक्रममा मायादेवी गाउँपालिकाका प्रमुख प्रसाशकीय अधिकृत ऋषिराम पन्थी, नेपाल नेत्रहिन संघका केन्द्रीय सदस्य शिला घिमिरेको विशिष्ठ आतिथ्यता रहेको थियो ।

कार्यक्रममा श्रवण दृष्टिविहिन अपाङ्गता सम्बन्धी परियोजानको विषयमा फोकल पर्सनदुर्गादत्त जिसीले अपाङ्गता परिचय पत्रको विषयमा प्रकाश पारेका थिए भने परियोजानको कार्यक्रम अधिकृत अस्मिता शाक्यले श्रवण दृष्टिहिनताको अवस्था, अभिभाव तथा आम समाजको भुमिको विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए । रुपन्देहीका संयोजक प्रेम आचार्यले परियोजानको विषयमा जानकारी दिदै आगामी कार्यक्रमको विषयमा प्रकाश पारेका थिए ।

यस्तै परियोजानले ९ जना श्रवण दृष्टिविहिनता भएका विद्यार्थीहरुको लागि सिकाई सहजीकरण सामग्री प्रदान गरेको छ । जसमा स्लेट, स्टालस, टक वाच, सेतो छडी, ब्रेल पेपर लगायतका सामाग्रीहरु रहेका छन ।

परियोजनाले शान्ती नमुना मावि मणिग्रामलाइ नेपालकै पहिलो श्रवण दृष्टिविहिनता विद्यार्थीहरुको पहिलो सिकाई कक्षा समेत सञ्चालन गरिरहेको छ ।

प्रकाशित मिति : १६ पुस २०७७, बिहिबार  ६ : ११ बजे

क्यान्सर परीक्षण गर्न काठमाडौं महानगर र वीर अस्पतालबीच सहकार्य

काठमाडौं । महिलाको स्तन र पाठेघरको मुखको क्यान्सरको निःशुल्क परीक्षण

सुनचाँदीको मूल्यमा सामान्य वृद्धि, तोलामा कति ?

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको

पृथ्वी राजमार्ग विस्तार : अझै करिब १०० बिजुलीका पोल सार्न बाँकी

धादिङ । पृथ्वी राजमार्ग विस्तारका काममा सडक दायाँवायाँ बिजुलीका पोल

अमेरिकी विमानवाहक युद्धपोतमा ३० घण्टासम्म आगलागी

काठमाडौं । अमेरिकाको सबैभन्दा ठूलो विमानवाहक युद्धपोत यूएसएस गेराल्ड आर

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा पर्यटक सूचना केन्द्र

पोखरा । नेपाल पर्यटन बोर्डले पोखरा अन्तराष्ट्रिय विमानस्थल, नागरिक उड्डयन