१५ असार २०८३, सोमबार | June 29, 2026

ओली सरकारको असंबैधानिक कदम बिरुद्ध काँग्रेस एक ढिक्का भएर अगाडी बढ्छ : काँग्रेस नेता खाँण



बुटवल । नेपाली काँग्रेसका केन्द्रिय सदस्य तथा पुर्वरक्षा मन्त्री बालकृष्ण खाँणले लोकतन्त्र र संविधानको रक्षा गर्ने जिम्मेबारी नेपाली काँग्रेसको काँधमा आएको बताएका छन ।

राष्ट्रिय मेलमिलाप दिवसको अवसरमा नेपाली काँग्रेस रुपन्देहीले भैरहवा स्थित पार्टी कार्यालयमा गरेको बिचार गोष्ठिलाइ सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि नेता खाँणले लोकतन्त्र र संविधान रक्षाकालागि नेपाली काँग्रेस बलियो भएर अगाडी बढ्ने बताएका हुन ।

नेता खाँणले जनताका मौलिक अधिकार खोसेर सुरु देखि नै अधिनायकबाद लादन खोजेको ओली सरकारले संसद बिघटन गरेर असंवैधानिक र अलोकतान्त्रिक काम गरेको बताए ।

ओली सरकारको असंबैधानिक कदम बिरुद्ध नेपाली काँग्रेस एक ढिक्का भएर अगाडी बढ्ने पनि उनले बताए । संविधान र लोकतन्त्रको रक्षा गर्दै मुलुकलाइ सहि दिशा दिन नेपाली काँग्रेस सडकमा निस्कीएको भन्दै उनले देश र जनताकालागि जस्तो सुकै बलिदान दिन काँग्रेस तयार रहेको बताए ।

कार्यक्रमका बिशिष्ट अतिथि नेपाली काँग्रेसका नेता तथा पुर्वमन्त्री भरतकुमार शाहले कम्युनिष्टहरु कहिल्यै लोकतन्त्रबादी हुनै नसक्ने बताए । ओली सरकारका असंवैधानिक र जनाधिकार बिपरितका कदमले सो कुराको पुष्टि गरेका भन्दै उनले संविधान र जनताको अधिकार रक्षा गर्ने जिम्मेबारी काँग्रेसले मात्रै पुरा गर्न सक्ने बताए ।

 

प्रकाशित मिति : १६ पुस २०७७, बिहिबार  ७ : ३५ बजे

पर्यटन प्रवद्र्धन र युवा-मैत्री नीति बनाउन होटल व्यवसायीको आग्रह

बुटवल । रुपन्देहीका होटल व्यवसायीहरूले पर्यटन क्षेत्रलाई चलायमान बनाउन र

विष्णु पौडेललाई पुनः म्याद थपका लागि विशेष अदालतमा उपस्थित गराइयो

काठमाडौं । पूर्वमन्त्री तथा नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेललाई सम्पत्ति

मंगलाघाटमा बस्ती संरक्षण योजना कार्यान्वयमा

म्याग्दी । म्याग्दी नदीको बाढी र कटानको जोखिममा रहेको बेनी

असार १५ : जुजु धौको माग उच्च

भक्तपुर । आज असार १५, नेपाली संस्कृति र परम्पराअनुसार आजको

राष्ट्रिय धान दिवस : ‘ड्रोन’ मार्फत मल छरेर ‘मेसिन’ मार्फत रोपियो धान

पाटन । ‘ड्रोन’ मार्फत मल छरेर ‘मेसिन’ मार्फत धान रोप्दै