२० मंसिर २०८२, शनिबार | December 6, 2025

ओली सरकारको असंबैधानिक कदम बिरुद्ध काँग्रेस एक ढिक्का भएर अगाडी बढ्छ : काँग्रेस नेता खाँण



बुटवल । नेपाली काँग्रेसका केन्द्रिय सदस्य तथा पुर्वरक्षा मन्त्री बालकृष्ण खाँणले लोकतन्त्र र संविधानको रक्षा गर्ने जिम्मेबारी नेपाली काँग्रेसको काँधमा आएको बताएका छन ।

राष्ट्रिय मेलमिलाप दिवसको अवसरमा नेपाली काँग्रेस रुपन्देहीले भैरहवा स्थित पार्टी कार्यालयमा गरेको बिचार गोष्ठिलाइ सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि नेता खाँणले लोकतन्त्र र संविधान रक्षाकालागि नेपाली काँग्रेस बलियो भएर अगाडी बढ्ने बताएका हुन ।

नेता खाँणले जनताका मौलिक अधिकार खोसेर सुरु देखि नै अधिनायकबाद लादन खोजेको ओली सरकारले संसद बिघटन गरेर असंवैधानिक र अलोकतान्त्रिक काम गरेको बताए ।

ओली सरकारको असंबैधानिक कदम बिरुद्ध नेपाली काँग्रेस एक ढिक्का भएर अगाडी बढ्ने पनि उनले बताए । संविधान र लोकतन्त्रको रक्षा गर्दै मुलुकलाइ सहि दिशा दिन नेपाली काँग्रेस सडकमा निस्कीएको भन्दै उनले देश र जनताकालागि जस्तो सुकै बलिदान दिन काँग्रेस तयार रहेको बताए ।

कार्यक्रमका बिशिष्ट अतिथि नेपाली काँग्रेसका नेता तथा पुर्वमन्त्री भरतकुमार शाहले कम्युनिष्टहरु कहिल्यै लोकतन्त्रबादी हुनै नसक्ने बताए । ओली सरकारका असंवैधानिक र जनाधिकार बिपरितका कदमले सो कुराको पुष्टि गरेका भन्दै उनले संविधान र जनताको अधिकार रक्षा गर्ने जिम्मेबारी काँग्रेसले मात्रै पुरा गर्न सक्ने बताए ।

 

प्रकाशित मिति : १६ पुस २०७७, बिहिबार  ७ : ३५ बजे

सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबार भएको पहिलो

फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा

म्याग्दी । म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला

निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छ : कार्यबाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौं । निर्वाचन आयोग नेपालका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले

तिला जलविद्युत्को बिजुली उत्पादन गर्न सात अर्ब लाग्ने

जुम्ला । जुम्लाको तिला गाउँपालिका र कालिकोटको तिलागुफा नगरपालिकाको सिमानामा

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय