२२ बैशाख २०८३, मंगलबार | May 5, 2026

आजदेखि राष्ट्रियसभाको हिउँदे अधिवेशन सुरु



काठमाडौं । राष्ट्रिय सभाको हिउँदे अधिवेशन आजदेखि सुरू हुँदैछ।

सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय सभाको हिउँदे अधिवेशन आह्वान गरेकी थिइन्। शुक्रबार अपरान्ह ४ बजे राष्ट्रिय सभा बैठक बस्न लागेको छ।

प्रतिनिधि सभा भंग भएपछि पहिलोपटक आज राष्ट्रिय सभा बैठक बस्न लागेको हो।

आजको बैठकको सुरुमा राष्ट्रपति भण्डारीले बैठक आह्वान गरेको सम्बन्धी पत्र पढेर सुनाइने छ । यस्तै मन्त्रिपरिषद पुनर्गठनबारे पनि जानकारी गराइने छ । त्यसपछि दलका नेताहरूलाई बोल्न समय दिइने बताइएको छ।

राष्ट्रियसभा श्रोत अनुसार अधिवेशन नचलेको अवस्थामा बाधा अड्काउ फुकाउबाट भएका चार समिति गठनको आदेश अनुमोदन गर्ने सम्भावित कार्यसूची पनि छ ।

अधिवेशन नचलेको अवस्थामा सरकारको सिफारिसमा राष्ट्रपतिबाट जारी गरिएका विभिन्न ७ वटा अध्यादेशहरु पनि पेस हुने छन् ।

संसद बैठकको निरन्तरता नरहेको अवस्थामा सरकारको सिफारिसमा जारी भएका संवैधानिक परिषदको काम कर्तव्य र अधिकार सम्बन्धी पहिलो संशोधन अध्यादेश, नेपाल प्रहरी तथा प्रदेश प्रहरीको कार्यसन्चालन तथा सुपरिवेक्षणसम्बन्धी अध्यादेश, सामाजिक सुरक्षा अध्यादेश, तेनाब तथा अन्य घातक रासायनिक पदार्थको नियमन सम्बन्धी अध्यादेश, औषधि तेस्रो संशोधन अध्यादेश, हिंसाविरुद्ध केही नेपाल ऐन संशोधन अध्यादेश र फौजदारी कसुर तथा फौजदारी कार्यविधिसम्बन्धी अध्यादेश पेस गर्ने कार्यसूची बनेको बताईएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले गत पुस ५ गते प्रतिनिधि सभा भंग गरेका थिए। उक्त कदम असंवैधानिक भन्दै विरोध भइरहेको छ। यसबारे सर्वोच्च अदालतमा मुद्दा विचाराधीन छ।

नेकपा विभाजन भएपछि प्रचण्ड नेपाल पक्षका सांसदहरुले प्रतिनिधिसभा विघटनको मुद्दा उठाउने तयारी गरेपनि सर्वोच्च अदालतमा विचारधिन रहेको भन्दै सांसदहरुले मुद्दा उठाए रुलिङ गर्ने राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिनाले बताई सकेका छन्।

प्रकाशित मिति : १७ पुस २०७७, शुक्रबार  ६ : ४४ बजे

सुदूरपश्चिममा लोकप्रिय ‘महेन्द्रनगर मावि’

महेन्द्रनगर । यहाँको महेन्द्रनगरस्थित महेन्द्रनगर माध्यमिक विद्यालय सुदूरपश्चिमकै लोकप्रिय विद्यालयको

संविधान संशोधन कार्यदलद्वारा पूर्वराष्ट्रसेवकसँग छलफल गर्दै

काठमाडौँ । संविधान संशोधनका लागि बहसपत्र तयार गर्न गठित कार्यदलले

मुस्ताङका पर्यटकीय पदमार्गहरू मर्मत तथा स्तरोन्नति गरिँदै

मुस्ताङ । मुस्ताङका पर्यटकीय पदमार्गहरूको मर्मत तथा स्तरोन्नति सुरु गरिएको

पशुपतिनाथको स्वामित्वमा आयो पशुपति गौशाला धर्मशाला

काठमाडौं । गौशाला धर्मशाला पशुपति क्षेत्र विकास कोषअन्तर्गत रहने काठमाडौं

जाँचपास नहुँदा १४ सयभन्दा धेरै मालवाहक सवारी रोकिए

वीरगन्ज । मुलुककै सबैभन्दा धेरै वस्तु तथा सामान आयात हुने