७ कार्तिक २०८३, शनिबार | October 24, 2026

करका दर हेरफेरका विषयमा छानबिन गर्नुपर्ने माग



काठमाडौं । राष्ट्रियसभाका सदस्यहरूले अर्थमन्त्री डा स्वर्णिम वाग्लेले करका दर फेरफेर गरेको आरोप लगाउँदै त्यसबारे छानबिन समिति बनाउनुपर्ने माग गरेका छन् ।

सभाको आजको बैठकको आकस्मिक समयमा सांसद तुलप्रसाद विश्वकर्माले भने “आर्थिक विधेयक सदनमा प्रस्तुत गरिसकेको २४ घण्टा नहुँदै विधेयकको १६ पेज गायब गरेर त्यसमा पेज घटाएर अर्को विधेयक निकालिएको विषय छापाहरूमा आइरहेको छ, यो विषयमा स्पष्ट हुनुपर्छ ।”

सांसद रेनु चन्दले अर्थमन्त्री डा स्वर्णिम वाग्लेले करको दरमा हेरफेर गर्नुभएको आरोप लगाउँदै त्यसबारे छानबिन समिति गठन हुनुपर्नेमा जोड दिइन।

सांसद नारायणदत्त मिश्र र मीनासिंह रखालले प्रधानमन्त्री वालेन्द्र शाहले नेपाल–भारत सम्बन्धका विषयमा दिएको अभिव्यक्तिबारे संसद्लाई जवाफ दिनुपर्ने माग गरे । राष्ट्रियसभाको अर्को बैठक यही जेठ २८ गते अपराह्न १ः०० बजे बस्नेछ ।

प्रकाशित मिति : २६ जेष्ठ २०८३, मंगलबार  २ : ३९ बजे

फापरखेत पहिरो र सिङ्गा–तातोपानी कुण्ड संरक्षणमा मन्त्री पुनको चासो

म्याग्दी । विज्ञान, प्रविधि तथा नवप्रर्वतन मन्त्री महावीर पुनले म्याग्दीको

तीन महिनामा २८ जनाद्वारा नागरिकता परित्याग

चितवन । जिल्ला प्रशासन कार्यालय चितवन र इलाका प्रशासन कार्यालय

तनहुँको जामुनेमा तीन वटा सवारी साधन ठोक्किए

दमौली । पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–२ जामुनेस्थित पृथ्वीराजमार्गमा आज

भूराजनीतिक चलखेलले नेपाल असहज अवस्थामा पुग्यो : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

जनताका समस्या सुन्न र पार्टी रूपान्तरण गर्न नेकपाको दुई महिने जागरण अभियान सुरु

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले जनताका समस्या, गुनासा र