८ बैशाख २०८१, शनिबार | April 20, 2024

अज्ञात समूहद्धारा प्रदेशसभा समिति सभापतिको गाडीमा आगजनी



जाजरकोट । कर्णाली प्रदेशसभाका अर्थ तथा प्राकृतिक स्रोत समितिका सभापति गणेशप्रसाद सिंहको गाडीमा आगजनी भएको छ ।

अज्ञात समूहले लगाएको आगोबाट गाडी पूर्णरुपमा जलेर नष्ट भएको छ । समितिका सभापति तथा कर्णाली प्रदेश सभाका सदस्य सिंह चढ्ने कर्णाली प्रदेश ००१ झ ००४० नम्बरको सरकारी गाडी भेरी नगरपालिका-७, पुन्मामा जलाइएको हो ।

बिहीबार राति आगो लगाएको कर्णाली प्रदेशसभा अर्थ तथा प्राकृतिक श्रोत समितिका सभापति गाणेशप्रसाद सिंह चढ्ने सरकारी गाडी
सडक छेउमा पार्किङ गरी राखिएको उक्त गाडी राति १० बजेतिर अज्ञात समूहले जलाएको डीएसपी किशोर श्रेष्ठले जानकारी दिए ।

गाडीमा एक्कासि आगो लागेको देखेपछि सभापति सिंह र सुरक्षा टोलीलाई स्थानीयले जानकारी गराएका थिए । आगलागीबाट गाडी पूर्ण रुपमा क्षति भएको डीएसपी श्रेष्ठले बताए । गाडीमा आगो लगाउनेको खोजी भइरहेको उनले बताए ।

प्रकाशित मिति : १७ पुस २०७७, शुक्रबार  ९ : ४८ बजे

हामीलाई कसैले कमजोर ठान्ने उथलपुथल हुन्छ : माधव नेपाल

राैतहट । नेकपा एकिकृत समाजवादीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार

भारतले रोक्यो नेपाली चियाको निर्यात

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर

डोल्पामा हिउँ चितुवाको सङ्ख्या नेपालमै उच्च

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण

म्याग्दी । विसं २०८० मा ३१ हजारभन्दा बढी विदेशी पर्यटकले

६८ लाखको लागतमा प्रशासनिक भवन निर्माण

टीकापुर । टीकापुर नगरपालिका वडा नं. ७ को प्रशासनिक भवन