१ आश्विन २०८३, बिहिबार | September 17, 2026

बाँकेबाट लागूऔषधसहित पक्राउ



नेपालगन्ज । प्रहरीले बाँकेका दुई अलग–अलग स्थानबाट ६३ दशमलव ८९ ग्राम लागूऔषधसहित सात जनालाई पक्राउ गरेको छ ।

नेपालगन्ज उपमहानगरपालिका–२ स्थित मुन लाइट होटेलमा लागूऔषधको कारोबार गरिरहेको भन्ने सूचनाका चार जनालाई पक्राउ गरिएको छ । उनीहरुका साथबाट १२ दशमलव ४६० ग्राम लागूऔषध बरामद भएको छ ।

प्रहरीका अनुसार होटलबाट पक्राउ पर्नेमा रुकुम चौरझारीका लोकेन्द्र मल्ल र सुनिल विक, सल्यान कुमाखका जेनिश सुनार र बाँके बैजनाथकी मनिका विक रहेका छन् ।

नेपालगन्ज उपमहानगरपालिका–३ बाट तीन जनालाई पक्राउ गरिएको छ । उनीहरुका साथबाट ५१ दशमलव ५४ ग्राम लागूऔषध बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रतीतसिंह राठौरले जानकारी दिए । नेपालगञ्ज उपमहानगरपालिका–३ बाट पक्राउ पर्नेमा स्थानीय ३५ वर्षीय मोहमद रहिम अन्सारी, वीरेन्द्रनगर नगरपालिका–३ का १९ वर्षीय प्रिन्स शाही र बाँकेको राप्तीसोनारी गाउँपालिका–३ का २८ वर्षीय लाहुराम थारु रहेका छन् ।

पक्राउ परेकाका साथबाट प्रहरीले मोटरसाइकल, डिजिटल, तराजु, एनसेलका सिमकार्ड नौ थान, एनटिसीका तीन थान सिमकार्ड बरामद गरेको छ । यस्तै, भारतीय रुपैयाँ एक लाख ४६ हजार, रु ९९ हजार, विभिन्न कम्पनीका किप्याड मोबाइलका तीन थान बरामद गरेको छ । पक्राउ परेकाहरुको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १ आश्विन २०८३, बिहिबार  ६ : ५९ बजे

बेनी–जोमसोम सडक : पहिरो प्रभावित क्षेत्रमा स्तरोन्नति तीब्र

म्याग्दी । चीन र भारत जोड्ने कालीगण्डकी करिडोर, बेनी–जोमसोम–कोरला सडकको

अठार दिनपछि कृष्णभिरको सडकमा दुईतर्फी यातायात सेवा सञ्चालन

चितवन । अठार दिनपछि पृथ्वी राजमार्गमा यातायात सेवा आजविहानदेखि पुनःसञ्चालनमा

बाँकेबाट लागूऔषधसहित पक्राउ

नेपालगन्ज । प्रहरीले बाँकेका दुई अलग–अलग स्थानबाट ६३ दशमलव ८९

आजको मौसम : देशभर मनसुनी वायुको प्रभाव जारी रहने

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको