१३ बैशाख २०८१, बिहिबार | April 25, 2024

व्यावसायिक कागती खेती गर्दै दाङका किसान



दाङ । कागती स्वास्थ्यका लागि निकै लाभदायी फल भएका कारण यसको महत्वलाई विशेष ख्याल गरेर दाङमा व्यावसायिक खेती हुँदै आएको छ ।

रुकुमका रामचन्द्र खड्काले सूर्या जैविक कृषि केन्द्र प्रालिको नाममा रु ५० लाखको लगानी गरेर तुलसीपुर उपमहानगरपालिका-१९ थानगाउँमा १५ वर्षका लागि २४ कठ्ठा जमिन वार्षिक रु ५० हजारमा भाडामा लिएर एक हजार ५०० कागतीका बिरुवा रोपेका छन ।

दुई वर्ष पहिले रोपेका ती बिरुवाले यस वर्षदेखि उत्पादन दिन शुरु गरेका छन् । यस वर्ष १५ क्विन्टल कागती बिक्री गरेको उनले बताए । यहाँ उत्पादित कागती घोराही, तुलसीपुरको बजारसँगै काठमाडौँसम्म पुगेको छ । प्रतिकिलो रु १२० मा बिक्री गर्दै आएको उनले जानकारी दिए ।

कागती खेतीलाई विस्तार गर्ने र व्यवसायलाई निरन्तरता दिने सोच भएको खड्काले बताए । लमही नगरपालिका-८ गोजेना निवासी राजकुमार खड्काले राष्ट्रिय वाणिज्य बैंकको जागिरबाट अवकाशप्राप्त भएपछि व्यावसायिकरूपमा कागती खेती गरेका छन ।

जागिरको सिलसिलामा विभिन्न ठाउँमा जाने अवसर मिलेकाले त्यहाँका किसानले गरेको व्यावसायिक कृषिले आकर्षण गरेपछि एक बिघा आफ्नो जमिनमा विभिन्न जातका १०० बिरुवा कागती लगाएको र पछि त्यसलाई विस्तार गरी ४०० बिरुवा पुर्‍याएको खड्काले बताए ।

राज बहुउद्देश्य कृषि फार्म दर्ता गरेर व्यावसायिक कागती खेतीमा लागेको खड्का बताउँछन् । उनले सुन कागती-१, सुन कागती-२, कलमी र लोकल जातका बिरुवा रोपेका थिए । कलमीले रोपेको दोस्रो वर्षमा नै फल दिन थालेको छ ।

उनलाई गत वर्ष कृषि ज्ञान केन्द्रले रु एक लाख सहयोग गरेको थियो । यो रकमबाट कागती बारीलाई व्यवस्थित गरिरहेको उनले बताए । लमही नगरपालिका-९ मा बगारबाबा कृषि फार्ममा कागतीका बिरुवा हुर्किरहेका छन् । छ जनाको लगानीमा चार बिघा जमिन भाडामा लिएर वार्षिक रु एक लाख २० हजार भाडा दिने गरी फार्म सञ्चालन गरिएको सदस्य गोविन्द रेग्मीले जानकारी दिए ।

फार्ममा सुनकागती २५०, मङ्गोलियन १००, रैथाने १०० गरी जम्मा ४५० बिरुवा रोपिएको छ ।कागतीका बिरुवा रोपेको खाली ठाउँमा अदुवा, बेसार खेती गरेर खाली जमिनको सदुपयोग गरी अदुवा र बेसारबाट समेत आम्दानी हुने गरेको छ । कागती हेरचाहका लागि चार स्थानीयवासीलाई रोजगारी दिएको रेग्मीले बताए । ‘कागतीमा दाङलाई आत्मनिर्भर बनाउने सोच राखेका छौँ, कागतीलाई आवश्यक पर्ने हावापानी दाङमा भएकाले यसको खेती गरेका हौँ’, उनले भने ।

स्वास्थ्यकर्मीका अनुसार मानिसलाई दैनिक चाहिने भिटामिन सीको ३२ प्रतिशत कागतीबाट प्राप्त गर्न सकिन्छ । यसमा उच्च मात्रामा पानी हुनुका साथै क्याल्सियम, आइरन, कपर, सोडियम, म्याग्नेसियम, फस्फोरस र पोटासियमजस्ता खनिज र फोलेट, भिटामिन ए, इ र के जस्ता भिटामिन पाइन्छ ।

औषधीय गुण भएकाले कागतीले रोग प्रतिरोधी क्षमतामा वृद्धि गर्छ । यसले मलेरिया, डायरिया, निमोनियाजस्ता रोगको सङ्क्रमण हुन दिँदैन । दाङको हावापानीमा कागती खेती आकर्षणको विषय बनेको कृषि ज्ञान केन्द्रका कृषि अर्थविज्ञ उमेशचन्द्र श्रेष्ठले बताए ।

सरकारले किसानलाइ कृषि व्यवसाय प्रवद्र्धन गर्ने उद्देश्यले विभिन्न अनुदानका कार्यक्रममा गत वर्ष कागती क्षेत्र विस्तार कार्यक्रमअन्तर्गत पाँच कृषि फार्मलाई अनुदान दिएको उनले बताए ।

राप्ती गाउँपालिकाको अतुल कृषि फार्म, रावत कृषि फार्म तुलसीपुर, बगरबाबा कृषि फार्म लमही, राजवहु कृषि फार्म लमही र दङ्गाली फलफूल कृषि फार्म अनुदान पाएका हुन् । रासस

प्रकाशित मिति : १७ पुस २०७७, शुक्रबार  ९ : ५९ बजे

भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण हुँदै

डोल्पा । भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण हुने भएका

डढेलोले खोटाङमा तेह्र घर खरानी

खोटाङ । सामुदायिक वनमा लागेको डढेलो गाउँसम्म फैलदा बराहपोखरी गाउँपालिका–१

बुटवलका मासु व्यवसायी बधशालाको मासु बेच्न अनिच्छुक

बुटवल । मानव बस्तीको चहलपहल भइरहनेस्थलमै पशुपन्छी बध गरेर प्रदुषित

नेपाल-चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न

काठमाडौं । नेपाललाई चीनको स्वशासित क्षेत्र तिब्बतबाट आगामी दुई वर्षका

सरकारको स्थायित्वबारे चलाइएका हल्ला निराधार : बिष्णु पौडेल

काठमाडौं । प्रमुख सत्ता घटक एमाले उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री बिष्णु