३० भदौ २०८३, मंगलबार | September 15, 2026

यसपटक तीजमा बजेनन्, मादल र बाँसुरी



दाङ । दाङको तुलसीपुर उपमहानगरपालिका-७ खर्चवामा बर्सेनि तीजको समयमा मादल र बाँसुरी बजाइन्थ्यो । त्यसमाथि स्थानीयले गीत गाउँदा तीजको छुट्टै रौनक हुन्थ्यो ।

त्यही नाच हेर्न दाङका विभिन्न स्थानबाट दर्शक स्रोता आउँथे । तर, यसपटक न मादल बज्यो, न त बाँसुरी बज्यो । ‘साउन्ड सिस्टम’को सहायताले नाचगान गरियो । त्यसमा पनि न्यून सहभागिता थियो ।

“विगतमा बाँसुरी, मादल बज्थे, तीजको रौनक नै फरक हुन्थ्यो”, स्थानीय आशिष केसीले भने, “तर अहिले केही बजेनन्, उफरको सहायताले नाचगान भयो, विगतजस्तो सहभागिता पनि भएन ।”

त्यस्तै तुलसीपुर-१९ सङ्क्राम पनि तीजमा नाचगान हुने चर्चित ठाउँ हो । त्यहाँ पनि जिल्लाका विभिन्न स्थानबाट नाचगानका लागि मानिस आउँथे । तर, यसपटक गाउँकै सीमित मानिसमात्रै भेला भए । एकछिन उफरबाट नाचगान गरे, अनि घरतिर हिँडे । त्यस्तो दृश्य देख्दा बाहिरबाट नाच हेर्न आएका पनि अचम्ममा परे ।

“विगतमा मौलिक नाचगान हुन्थ्यो, त्यही भएर नाच हेर्न घोराहीदेखि आयौँ”, घोराही-१५ निवासी रेशम अधिकारीले भने, “तर अहिले त त्यस्तो केही देखिएन ।”

यी त केही उदाहरणमात्रै हुन् । दाङका अधिकांश स्थानमा आयोजना गरिएका तीजका कार्यक्रममा यो वर्ष रेकर्ड गरिएका गीतमात्रै बजाइयो । मौलिकता छाडेर रेकर्ड गरिएको गीत बजाउँदा तीजको मौलिकता हराउने खतरा बढेर गएकामा सरोकारवालाले चिन्ता व्यक्त गर्ने गरेका छन् ।

पछिल्लो समय तीजको संस्कार र संस्कृति आधुनिकताको नाममा हराउँदै जान थालेको धर्मराउने अवस्थामा पुगेको एनप्याब्सन दाङका अध्यक्ष सालिकराम कार्कीले बताए । “आधुनिकताको नाममा तीज पर्व धर्मराउने अवस्थामा छ”, उनले भने, “सबै मिलेर तीजको मौतिलकता जोगाउनेतर्फ लाग्नुपर्छ ।”

प्रकाशित मिति : ३० भदौ २०८३, मंगलबार  ८ : ४१ बजे

मेलाबाट उठेको रकम पर्यटनमा लगानी

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका-१ मा रहेको मणिबराही युवा क्लबले

यसपटक तीजमा बजेनन्, मादल र बाँसुरी

दाङ । दाङको तुलसीपुर उपमहानगरपालिका-७ खर्चवामा बर्सेनि तीजको समयमा मादल

दूध उत्पादन बढाउन अनुदान

तनहुँ । तनहुँमा दूध उत्पादनमा संलग्न किसानलाई प्रोत्साहन गर्ने उद्देश्यले

भेरी अस्पतालमा शवगृह विस्तार गरिने

बाँके । नेपालगञ्जस्थित भेरी अस्पतालमा कम्तीमा ५० शव राख्न सकिने

हंसपुरका ३६५ परिवारलाई जग्गाधनी पुर्जा वितरण

जनकपुरधाम । वर्षौँदेखि जग्गा उपभोग गर्दै आएपनि कानुनी स्वामित्वको प्रमाणपुर्जा