३ चैत्र २०८२, मंगलबार | March 17, 2026

बेवारिसे शव फेला



कैलाली । कैलालीको गोदावरी नगरपालिका-४ स्थित सेती सामुदायिक वनभित्र पर्ने चिसापानी खोलामा बेवारिसे अवस्थामा शव फेला परेको छ ।

शव फेला परेको सूचनाका आधारमा प्रहरी टोली पुगेर शव परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा लगिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले बताए ।

उनका अनुसार मृतकको शव सडेको अवस्थामा फेला परेको र नजिकै सेतो रङको गन्जी र हरियो रङको हाफसर्ट फेला परेको हो ।

शवको प्रकृति हेर्दा तल्लो शरीरमा निलो रङको जिन्स पाइन्ट लगाएको, उचाइ अन्दाजी पाँच फिट पाँच इन्च, उमेर अन्दाजी २५/३० वर्षको जस्तो देखिने, दायाँ हातको पाखुरामा नाग (सर्प) र शिवलिङ्गको ट्याटु भएको बताइएको छ ।

 

प्रकाशित मिति : १७ पुस २०७७, शुक्रबार  ११ : ३२ बजे

क्यान्सर परीक्षण गर्न काठमाडौं महानगर र वीर अस्पतालबीच सहकार्य

काठमाडौं । महिलाको स्तन र पाठेघरको मुखको क्यान्सरको निःशुल्क परीक्षण

सुनचाँदीको मूल्यमा सामान्य वृद्धि, तोलामा कति ?

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको

पृथ्वी राजमार्ग विस्तार : अझै करिब १०० बिजुलीका पोल सार्न बाँकी

धादिङ । पृथ्वी राजमार्ग विस्तारका काममा सडक दायाँवायाँ बिजुलीका पोल

अमेरिकी विमानवाहक युद्धपोतमा ३० घण्टासम्म आगलागी

काठमाडौं । अमेरिकाको सबैभन्दा ठूलो विमानवाहक युद्धपोत यूएसएस गेराल्ड आर

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा पर्यटक सूचना केन्द्र

पोखरा । नेपाल पर्यटन बोर्डले पोखरा अन्तराष्ट्रिय विमानस्थल, नागरिक उड्डयन