१६ माघ २०८२, शुक्रबार | January 30, 2026

बामदेव गौतम राष्ट्रिय सभा जानुभन्दा अगाडि प्रचण्डलाइ भेटन खुमलटार पुगे



काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा राजनीतिक विभाजन भएपछि तटस्थ रहँदै आएका नेता बामदेव गौतम राष्ट्रिय सभामा पहिलो पटक सहभागी हुनुअगाडि खुमलटार पुगेर नेकपा प्रचण्ड-नेपाल पक्षका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरेका छन् ।

बिहानै खुमलटार पुगेका नेता गौतम १० बजे अगाडिनै त्यहाँबाट निस्केका थिए । आजको भेटमा पार्टीमा राजनीतिक विभाजनपछिको अवस्था, अबको विकल्प र संसदको विषयमा छलफल भएको प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिए ।

राजनीतिक विभाजनअघि पार्टीको उपाध्यक्ष रहेका गौतम अहिले नेकपाको प्रधानमन्त्री केपी शर्मा अ‍ोली समूह तथा प्रचण्ड-माधव समूह दुबैमा लागेका छैनन् ।

पार्टी एकताको ५ वर्षसम्म फुट्न नसक्ने कानुनी व्यवस्थाको वकालत गरिहेका नेता गौतम आज पहिलोपटक राष्ट्रिय सभाको बैठकमा सहभागी हुँदैछन् ।

प्रकाशित मिति : १७ पुस २०७७, शुक्रबार  ११ : ५५ बजे

आजको मौसम : उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा हल्का वर्षा र हिमपात हुने

काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल

आज सहिद दिवस, विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदै

काठमाडौं । विभिन्न कार्यक्रमको आयोजना गरी आज देशभर सहिद दिवस

निर्वाचन आउन ३४ दिन बाँकी : विभिन्न जिल्लाको मतपत्रको नमूना सार्वजनिक

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय

‘फ्याक्ट चेक पत्रकारिताको आधारभूत र अनिवार्य टुल्स’

नेपालगन्ज । बाँकेका अगुवा पत्रकारहरुले फ्याक्ट चेक पत्रकारिताको आधारभूत र

सर्लाही निर्वाचन क्षेत्र नम्बर ४ लाई मधेस प्रदेशकै नमूना बनाउने सभापति थापाको आश्वासन

सर्लाही । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सर्लाही निर्वाचन क्षेत्र