१३ बैशाख २०८१, बिहिबार | April 25, 2024

उदयपुरमा बालविवाह न्यून



उदयपुर । उदयपुरमा बालविवाह दर घटेर न्यून भएको छ ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार विगतमा उदयपुरमा प्रहरीमा बालविवाहसम्बन्धी निकै उजुरी आउने गरेको तर दुई वर्षदेखि घटेर यस वर्ष दुईवटा मात्र उजुरी परेको छ । बालविवाह कानूनीरुपमा पनि दण्डनीय छ ।

प्रहरीमा निवेदन आएपछि कानूनी कारबाही गर्ने र बालविवाह गर्न लागेकालाई र यसमा संलग्नलाई सम्झाइबुझाइ पठाउने गरेपछि प्रहरीमा सो सम्बन्धी उजुरी घट्दै गएर झण्डै शून्यमा झरेको छ । उदयपुरका प्रहरी प्रमुख भीमप्रसाद दाहालका अनुसार गत वर्षहरुको तुलनामा यस वर्ष बालविवाहको उजुरी घटेर तल झरेको र दुईवटा निवेदनमात्र प्रहरीमा परेको छ ।

जिल्ला बालसङ्गठन तथा बालकल्याण समितिका अध्यक्ष भुवन दाहालकाअनुसार विगतको तुलनामा अहिले जिल्लामा बालविवाहका दर निरन्तर घटेर झण्डै शून्यमा पुगेको छ । अध्यक्ष दाहाल भन्छन्, “विसं २०७२ मा जिल्लामा बालविवाहको घटना १२, २०७४ मा नौ र यस वर्ष दुईमा झरेको छ ।” गाउँगाउँमा बाल सङ्गठन तथा बाल कल्याण समितिका अभियान, विभिन्न सामाजिक संघसंस्थाको जनचेतनामूलक कार्यक्रम र प्रहरीको कारबाहीको कारण बालविवाह दर घटेको अध्यक्ष दाहाल बताउँछन् ।

सामाजिक अभियन्ता तथा महिला रक्षक सञ्जाल उदयपुरका पूर्वअध्यक्ष महेश्वरी राई विगतमा बालविवाह हुने गाउँ क्षेत्रमा अभिभावक र गाउँलेमा विभिन्न जनचेतनामूलक कार्यक्रम सञ्चालन गरेपछि भित्रभित्रै हुने बालविवाह नियन्त्रण हुँदै गएको बताए ।

त्रियुगा नगरपालिका क्षेत्रमा भित्रभित्रै सबैभन्दा धेरै बालविवाह हुने राजावास, चुहाडे, जोगिदह क्षेत्रमा समेत अहिले बालविवाह शून्यमा झरेको बालविवाहविरुद्धका सामाजिक अभियान्ता माया भण्डारी बताउँछिन् ।

लिम्चुङबुङ गाउँपालिकाभित्र विगतमा भित्रभित्रै अभिभावकको मिलेमतोमा नै बालविवाह हुने गरेको भए पनि अब गाउँघरमा जनचेतना जागरण वृद्धि भएको, बालविवाह सम्बन्धी स्थानीय जनतामा कानूनी ज्ञान हुन थालेको कारण र बालविवाहविरुद्धको अभियानले अहिले बालविवाह शून्यमा झरेको सो गाउँपालिकाकी उपाध्यक्ष रमिला राईले बताइन् ।

प्रकाशित मिति : १७ पुस २०७७, शुक्रबार  १ : १४ बजे

एएचजेड यूके युनिभर्सिटी रिप्रेजेन्टेटिभको नयाँ शाखा बुटवलमा सञ्चालन

बुटवल । अध्ययनका लागि बेलायत जाने विद्यार्थीहरुलाई लक्षित गरि बुटवलमा

भीम रावलले गरे एमाले छोड्ने संकेत !

काठमाडौं । नेकपा एमालेका नेता एवं पूर्व उपप्रधानमन्त्री डा. भीम

कर्णालीका मुख्यमन्त्री कँडेलले पाए विश्वासको मत

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत पाएका

वर्ल्ड लिंकको इन्टरनेट ९ लाख घरधुरीमा पुग्यो

बुटवल । देशको सबैभन्दा ठूलो इन्टरनेट सेवाप्रदायक कम्पनी वर्ल्ड लिंक

बुटवल ११ बुद्धनगर खानेपानी उपभोक्ता समिति र टोल विकास संस्था बीच जग्गा विवाद !

बुटवल । बुटवल उपमहानगरपालिका-११ बुद्धनगरमा जग्गा भोग चलनको विषयलाई लिएर