३१ भदौ २०८३, बुधबार | September 16, 2026

दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला



उदयपुर । उदयपुरको कटारी नगरपालिका-६ बगवतीका गङ्गाबहादुर दर्नाल वैदेशिक रोजगारीका लागि दुबई उडेको चार महिनापछि दिल्लीमा बेवारिसे अवस्थामा फेला परेका छन् । दर्नाललाई वैदेशिक रोजगार उद्धार नेपालले उद्धार गरी हाल काठमाडौँ ल्याएर शिक्षण अस्पतालमा उपचार गरिरहेको छ ।

एक भारतीय नागरिकले सामाजिक सञ्जालमा दर्नालको अवस्थाबारे सार्वजनिक गरेपछि उद्धार नेपालले तत्काल उद्धार गरी नेपाल ल्याएर उपचार गरिरहेको उद्धार नेपालका अध्यक्ष इन्द्रलाल गोलेले जानकारी दिए । वैदेशिक रोजगारीका लागि दुबई हिँडे पनि सम्पर्कमा नआएका उनी म्यानपावरमा सोधीखोजी गर्दा स्वास्थ्यमा समस्या आएकाले दिल्ली ट्रान्जिट गरी अस्पतालमा छाडेको एयरलाइन्सले जानकारी दिएको थियो । तर अस्पतालमा खोजी गर्दा फेला नपरेको पारिवारिक स्रोतले जनाएको थियो ।

दर्नालको आर्थिक अवस्था कमजोर रहेकाले वडाध्यक्ष प्रेम मगरले वडाबाट निःशुल्क उपचारका लागि आवश्यक प्रक्रिया पूरा गरी नगरमा सिफारिस गरेर पठाइसकेको बताए । “बेपत्ता भएपछि खोजीका लागि पहल गर्दा पनि भेटिएको थिएन”, वडाध्यक्ष मगरले भने, “सामाजिक सञ्जालमै दिल्लीमा अलपत्र परेको सार्वजनिक भएपछि उनलाई उद्धार गरेर ल्याएर उपचार भइरहेको छ ।”

बेवारिसे अवस्थामा भेटिएका दर्नालको खुट्टाको औँलासमेत काटिइसकेको अवस्थामा फेला परेको जनाइएको छ । वैदेशिक रोजगारीका लागि दुबई उडेका दर्नाल भारत ट्रान्जिट हुँदा छुटे वा कसरी दिल्लीमा अलपत्र परे भन्ने बारे अझै खुल्न नसकेको पनि वडाध्यक्ष मगरले बताए ।

प्रकाशित मिति : २५ पुस २०८२, शुक्रबार  ४ : ५८ बजे

लुम्बिनीका नवनियुक्त प्रमुख सचिव कुँवरले सम्हाले जिम्मेवारी

दाङ । लुम्बिनी प्रदेशमा पदस्थापन हुनुभएका प्रमुख सचिव विनोदबहादुर कुँवरले

निक्षेप सङ्कलनका लागि बोलकबोल आह्वान

काठमाडौँ । नेपाल राष्ट्र बैंक, मौद्रिक व्यवस्थापन विभागले रु ६०

नबिल बैंकद्वारा ‘नबिल एसएसई फेलोसिप’ र ‘सर्टिफिकेट कोर्स’का लागि आवेदन आह्वान

काठमाडौँ । नबिल बैंक लिमिटेडले नबिल स्कुल अफ सोसल इन्टरप्रेनरसिप

प्रधानमन्त्री शाहसँग अमेरिकी कार्यवाहक राजदूत बोल्डिनको शिष्टाचार भेट

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहसँग यहाँस्थित अमेरिकी दूतावासका कार्यवाहक राजदूत

सर्वदलीय बैठक सुरु, को को छन् सहभागी ?

काठमाडौं । सत्तारुढ रास्वपा सभापति रवि लामिछानेले बोलाएको सर्वदलीय बैठक