२० मंसिर २०८२, शनिबार | December 6, 2025

नेकपा विभाजन हुँदा मुटु फुटेको छ : दीनानाथ शर्मा



काठमाडौं । राष्ट्रिय सभा सदस्य दीनानाथ शर्माले सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजित हुँदा आफ्नो मुटु फुटेका अनुभव गरेको बताएका छन् ।

शुक्रबार सुरु भएको राष्ट्रिय सभाको सातौं अधिवेशनको पहिलो बैठकलाई सम्बोधन गर्दै नेता शर्माले यस्तो बताएका हुन् ।

‘मेरो राजनीतिक इतिहासको ५५/५६ वर्षको इतिहासमा पार्टी एकता भएर नेकपा बन्दा म सबैभन्दा बढी खुशी थिएँ । हामी सबै खुशी थियौँ ।

खुशी नहुने कोही पनि थिएनन् । नेपाली जनता खुशी भएका कारण त्यो खुशी निर्वाचनमा अभिव्यक्त भएको थियो’, नेता शर्माले भने, ‘आज पार्टी विभाजनको संघरमा आउँदा मेरो मुटु फुटेको अनुभव भएको छ ।’

शर्माले इतिहासमा नेपालका कम्युनिस्ट पार्टी फुटेको तर अहिले बढी पीडा भएको बताए ।

प्रकाशित मिति : १७ पुस २०७७, शुक्रबार  ४ : ५४ बजे

एनपीएलमा चितवन र पोखराको प्रतिष्ठाको भिडन्त, चितवनले टस जितेर ब्याटिङ

काठमाडौं । कीर्तिपुरमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)

फाफ डू प्लेसिस-हेजलेटको अर्धशतकले विराटनगर किङ्ग्स पहिलो क्वालिफायरमा

काठमाडौं । ओपनर फाफ डू प्लेसिस र साम हेजलेटको विस्फोटक

सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबार भएको पहिलो

फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा

म्याग्दी । म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला

निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छ : कार्यबाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौं । निर्वाचन आयोग नेपालका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले