३ चैत्र २०८२, मंगलबार | March 17, 2026

जितेन्द्र नारायण देवको प्रधानमन्त्री ओलीलाई प्रश्न : तपाईको पार्टीको समस्याले गर्दा संसद किन विघटन ?



काठमाडौं । राष्ट्रिय सभा सदस्य जितेन्द्र नारायण देवले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टीको समस्याले संसद किन विघटन भन्दै प्रश्न गरेका छन् ।

उनले तपाईको पार्टीको समस्याले गर्दा संसद किन विघटन भयो ? भन्दै प्रश्न गरेका हुन् । राष्ट्रियसभा बैठकका क्रममा उनले भने, ‘नेपाली जनताको त्याग तपस्या र बलिदान २००७ साल पश्चात् निरन्तर संघर्ष आन्दोलन, मधेश आन्दोलन जनयुद्ध र लोकतन्त्र ल्याएको अवस्थामा यो नै समाप्त हुने लक्षण आकाशमा मडारिएको छ । वर्तमान राजनीतिको अवस्थाको बारेमा केपी शर्मा ओली सरकारले वेवास्ता गरेको छ ।’

बैठकमा बोल्दै उनले भने, ‘प्रधानमन्त्री आफ्नो लोतन्त्रवादीको प्रशन तपाईले पार्टीभित्र समस्या भयो । पार्टीभित्रै समस्या हो तपाईको समस्या हो । बहुमत पार्टीभित्रै बनाउने हो नि । संसद विघटन गर्ने ? देशलाई खाल्डोमा जाक्ने ? जनताको प्रतिनीधि हामी भन्दै दुनियाँमा कोहि पनि कम्युनिष्टले यस्तो गर्दैन । सरकार अधिनायकवादतर्फ लम्किरहेको छ ।’

उनले उत्तर र दक्षिणबाट फाष्ट ट्याकमा नेपाल उत्रने र जाने देखिएको अवस्था र चलखेलले गर्दा नेपालको राष्टियतालाई कति बलियो पार्छ ? भन्दै प्रश्न गरे । उनी भप्छन्, यति होल्डिङ देखि प्रिन्टिङ प्रेसको कुरा गर्दा यो सरकार भ्रष्टाचारमा लिप्त रहेको कुरा सबैलाई थाहा भएको छ ।

उनले संवैधानिक आयोगहरुमा गरिएको नियुक्तिप्रति असन्तुष्टि जनाए । उनले थपे, ‘समृद्ध नेपाल सुखी नेपाली नारा बहुतै राम्रो छ तर सरकार दरिद्र नेपाल दुखी नेपाली को अवधारणामा जान्छ कि ? भन्ने मेरो आशंका कोभिडको बेला प्रष्ट भयो ।’

प्रकाशित मिति : १७ पुस २०७७, शुक्रबार  ५ : २३ बजे

तिर्न बाँकी सरकारी ऋण २८ खर्ब ७८ अर्ब

काठमाडौं । चालु आर्थिक वर्ष २०८२र८३ को सुरुमा कुल सार्वजनिक

सि चिङफिङको पुस्तक जलाएको घटनामा दोषीलाई कारवाही गर्न गृहको निर्देशन

काठमाडौं । गृह मन्त्रालयले नेपाल–चीन सम्बन्धलाई असर पु(याउने किसिमको घटनामा

दादुराका ६७ बिरामी उपचारपछि घर फर्के, २० जनाको ‘आइसोलेसन’ उपचार जारी

बागलुङ । दादुराबाट प्रभावित ढोरपाटनका बिरामीमध्ये ६७ जना घर फर्केका

दोहोरो अंकले बढ्यो नेप्से, १२ अर्ब तीन करोड ४४ बढीको कारोबार

काठमाडौं नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको सुधार देखिएको

‘अफ्रिकन स्वाइन फिभर’का कारण एकसय बीस बङ्गुर मरे

चितवन । अफ्रिकन स्वाइन फिभरका कारण जिल्लामा १२० वटा बङ्गुर