१ आश्विन २०८३, बिहिबार | September 17, 2026

राष्ट्रिय फुटबल टोलीको बन्द प्रशिक्षणबाट १४ खेलाडी बाहिरिए



काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाले १४ खेलाडी राष्ट्रिय फुटबल टिमको बन्द प्रशिक्षणबाट बाहिरिएको जानकारी दिएको छ । बन्द परीक्षणको प्रारम्भिक चरणमा रहेका ५८ खेलाडीबाट शुक्रबार १४ खेलाडी बाहिरिएका हुन् ।

नेपालका कार्यवाहक प्रशिक्षक बालगोपाल महर्जनले ५८ खेलाडीबाट ४४ खेलाडी छनोट गरेका छन् । बन्द प्रशिक्षणबाट बाहिरिने खेलाडीमा विमल घर्तीमगर, देव लिम्बू, सुमन अर्याल, रन्दीप पौडेल, अमित तामाङ, नितिन थापा, रजत तिवारी, जय गुरुङ, दिपेश आले मगर, राजिव लोप्चन, विमल राना, राजेस परियार, प्रिजन तामाङ र रिजेन सुब्बा छन् ।

लामो समयपछि बन्द प्रशिक्षणमा फर्किएका विमल घाइते भएका कारण प्रशिक्षणबाट बाहिरिएका हुन् । उनी अभ्यासका क्रममा घाइते भएका थिए । उनको उपचार कतारमा हुने एन्फाले बताएको छ ।

डिफेन्डर सुमन अर्याल भने चोट मुक्त भएपछि प्रशिक्षणमा फर्किने छन् । फिफा विश्वकप तथा एसियाकपको दोस्रो चरणको छनोट प्रतियोगिताका लागि एन्फाले ५८ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको थियो ।

सन् २०२२ मा कतारमा हुने विश्वकप तथा २०२३ मा चीनमा हुने एसियाकपको संयुक्त छनोट अन्तर्गत समूह ‘बी’ मा रहेको नेपालले घरेलु मैदानमा ३ खेल खेल्नेछ । नेपालले अस्ट्रेलिया, चाइनिज ताइपेइ र जोर्डनसँग खेल्न बाँकी छ ।

नेपालले आगामी मार्च २५ मा चाइनिज ताइपेइ, मार्च ३० मा अस्ट्रेलिया र जुन ७ मा जोर्डनसँग खेल्नेछ ।

प्रकाशित मिति : १७ पुस २०७७, शुक्रबार  ७ : ०० बजे

ग्यासको मूल्य प्रतिसिलिण्डर दुई हजार ६० मात्र लिन सङ्घको आग्रह

काठमाडौँ । नेपाल एलपी ग्यास उद्योग सङ्घले पुरानै दरमा ग्यासको

गगनले देउवालाई भने– वडा अधिवेशन उदघाटन गर्न आइदिनुस्

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले पूर्वसभापति शेरबहादुर देउवालाई

शेखर कोइराला मध्यमार्गी धारमै रहने, दुवै महाधिवेशनमा सहभागी नहुने घोषणा

काठमाडौं । नेपाली कांग्रेसका नेता डा। शेखर कोइराला मध्यमार्गी धारमै

पुस्तान्तरणको प्रतीक्षामा पाल्पाको लाखे नाच

पाल्पा । दुईदशकअघिसम्म ‘लाखेजात्रा’ भन्नेबित्तिकै गाउँगाउँबाट मानिस तानसेन आउँथे ।

संस्थापन कांग्रेस बैठकमा निवर्तमान पदाधिकारी तथा सदस्यहरू सहभागी हुने

काठमाडौँ । नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित वर्तमान केन्द्रीय कार्यसमितिमा