३ चैत्र २०८२, मंगलबार | March 17, 2026

आजको मौसम : लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि सामान्य बदली, बाँकी क्षेत्रमा आंशिक बदली



काठमाडौं । हाल देशभरको मौसममा पश्चिमी वायुको प्रभाव कायम रहेको छ । हाल देशका पहाडी भू-भागको मौसम सामान्यतया सफा रहेको छ भने तराईका केही स्थानमा हुस्सु र कुहिरो लागेको छ।

आज विहान ६ बजे काठमाडौंको बायुको तापक्रम २ डिग्री सेल्सियस रहेको छ । आजको न्युनतम तापक्रम २ डिग्री सेल्सियस हुनेछ भने अधिकतम तापक्रम १९ डिग्री सेल्सियस रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

आज दिउँसो लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको मौसममा आंशिकदेखि सामान्य बदली हुने सम्भावना देखिएको छ । देशका बाँकी भू-भागको मौसममा आंशिक बदली हुने सम्भावना छ ।

सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना छ । त्यस्तै सुदूरपश्चिम र कर्णाली प्रदेशका एक, दुई स्थानमा हल्का बर्षाको समेत सम्भावना रहेको विभागले जनाएको छ ।

त्यसैगरी आज राती देशभरको मौसममा आंशिकदेखि सामान्य बदली रहने सम्भावना छ । सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशका उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना रहेको छ ।

त्यस्तै सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका एक, दुई स्थानमा हल्का बर्षाको समेत सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

प्रकाशित मिति : १८ पुस २०७७, शनिबार  ७ : १५ बजे

तिर्न बाँकी सरकारी ऋण २८ खर्ब ७८ अर्ब

काठमाडौं । चालु आर्थिक वर्ष २०८२र८३ को सुरुमा कुल सार्वजनिक

सि चिङफिङको पुस्तक जलाएको घटनामा दोषीलाई कारवाही गर्न गृहको निर्देशन

काठमाडौं । गृह मन्त्रालयले नेपाल–चीन सम्बन्धलाई असर पु(याउने किसिमको घटनामा

दादुराका ६७ बिरामी उपचारपछि घर फर्के, २० जनाको ‘आइसोलेसन’ उपचार जारी

बागलुङ । दादुराबाट प्रभावित ढोरपाटनका बिरामीमध्ये ६७ जना घर फर्केका

दोहोरो अंकले बढ्यो नेप्से, १२ अर्ब तीन करोड ४४ बढीको कारोबार

काठमाडौं नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको सुधार देखिएको

‘अफ्रिकन स्वाइन फिभर’का कारण एकसय बीस बङ्गुर मरे

चितवन । अफ्रिकन स्वाइन फिभरका कारण जिल्लामा १२० वटा बङ्गुर