१४ बैशाख २०८१, शुक्रबार | April 26, 2024

मोदी गाउँपालिकाले आफ्नै लोगो बनायो



पर्वत । मोदी गाउँपालिकाले आफ्नै लोगो तयार गरेको छ । गाउँपालिकाको पहिचान झल्किने खालको लोगो तयार गरिएको छ ।

झट्ट हेर्दा गण्डकी प्रदेश सरकारको जस्तो देखिने उक्त लोगोमा गाउँपालिकाका सबै पहिचानलाई अटाइएको छ ।

लोगोमा नेपालको झण्डा, मोदी गाउँपालिकाको प्रमुख उत्पादन धानका बाला, गाउँपालिकाका विभिन्न जङ्गलमा पाइने आठ वटा गुँरास, प्रसिद्ध धार्मिक एवं पर्यटकीयस्थल पञ्चासे जस्तो देखिने पहाड र विभिन्न जडीबुटी पाइने जङ्गलसमेत लोगोमा रहेको छ ।

त्यसैगरी गाउँपालिकाभित्र पाइने विभिन्न पक्षीको तस्वीर पनि लोगोमा रहेको छ भने गाउँपालिकाभित्र रहेका घरवास, झरनासमेत राखिएको छ । मोदी गाउँपालिकामा साना ठूला गरी ५० भन्दा बढी झरना छन् ।

त्यसैगरी लोगोको मध्य भागमा केरा र सुन्तलाका बोट राखिएको छ भने मोदी गाउँपालिकाको बीचमा बगिरहेको नदीको रूपमा रहेको मोदीखोलाको तस्वीर पनि अटाइएको छ । मोदी खोलामा आधा दर्जनको हाराहारीमा विद्युत् उत्पादनगृह सञ्चालन भइरहेका छन् ।

त्यसैगरी मोदी खोला वारपार गर्न बनाइएका झोलुङ्गे पुलसमेत राखिएको छ । कृषि, पर्यटन, जलस्रोत र स्थानीय कला संस्कृति नै मोदी गाउँपालिकाको मुख्य पहिचान र विशेषता भएकाले ती सबै कुरालाई लोगोमा समावेश गरिएको निर्माणकर्ता कृष्णप्रसाद शर्माले जानकारी दिए ।

गाउँपालिकाले सूचना जारी गरी गाउँपालिकाको पहिचान झल्कने लोगो बनाएर पेश गर्न आह्वान गरेपछि सात वटा निवेदन परेकोमा वडा नं ७ राम्जा देउरालीका कृष्णप्रसाद शर्माले बनाएको लोगो उत्कृष्ट ठहरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत किसानबहादुर क्षेत्रीले जानकारी दिए ।

उनका अनुसार यही पुस १४ गते बसेको गाउँ कार्यपालिकाको बैठकले उक्त लोगोलाई मोदी गाउँपालिकाको आधिकारिक लोगोको रूपमा प्रयोग गर्ने निर्णयसमेत गरेको क्षेत्रीले जानकारी दिए ।

पर्वतका सात स्थानीय तहमध्ये पहिलोपटक मोदी गाउँपालिकाले लोगो तयार गरेको हो । अन्य छ वटा नगरपालिकाले पनि प्रदेश र सङ्घीय सरकारकै लोगो प्रयोग गर्दै आइरहेका छन् । रासस

प्रकाशित मिति : २० पुस २०७७, सोमबार  ८ : ३१ बजे

विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्दै

काठमाडौं । संसदीय समितिको बैठक बस्दै छ । आज विकास,

मेचीनगरमा तीन खानेपानी आयोजना सम्पन्न

झापा । मेचीनगर नगरपालिका क्षेत्रभित्र तीनवटा ठूला खानेपानी आयोजना निर्माण

जसपा केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दै

काठमाडौं । जनता समाजवादी पार्टी, (जसपा) नेपालले केन्द्रीय कार्यकारिणी समितिको

आजदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै

काठमाडौं । कक्षा १२ परीक्षा आजदेखि देशभर एकैसाथ सुरुहुँदै छ

आजको मौसम : पहाडी भेगमा आंशिक बदली, बाँकी भागमा मौसम सफा रहने

काठमाडौं । हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक