५ श्रावण २०८३, मंगलबार | July 21, 2026

पर्वतको बन्जीसाइड भीरबाट हाम्फालेका व्यक्तिको शव निकालियो



पर्वत । पर्वत जिल्लाको कुश्मा नगरपालिका-५ स्थित बन्जीसाइडको भीरबाट हाम फालेका व्यक्तिको शव सशस्त्र प्रहरीले निकालेको छ।

बाग्लुङ नगरपालिका-१४ नारायणस्थान घर भई हाल सोही ठाउँ बस्ने अन्दाजी ३३ वर्षीय दीपेन्द्र नेपाली साउन ४ गते साँझ करिब ९ बजे उक्त भीरबाट हाम्फालेका थिए। लगत्तै उनको खोजीकार्यको लागि सशस्त्र प्रहरी बल नेपाल नं. २५ चण्डिका गण पर्वतबाट खटिएको टोलीले फेला नपारेपछि पुनः मंगलबार बिहान उक्त गणबाट खटिएको विपद् व्यवस्थापन तालिम प्राप्तसहित सशस्त्र प्रहरीले उनको शव करिब सवा ७ बजे फेला पारेको थियो।

टोलीले उनको शव रोप रेस्क्यु विधिद्वारा करिब १३० मिटर तल भीरबाट ३५ मिनेटको प्रयासमा निकालेको थियो। उनी सामान्य घरायसी विवादका कारण उक्त भीरबाट हाम्फालेको सशस्त्र प्रहरीले जनाएको छ।

प्रकाशित मिति : ५ श्रावण २०८३, मंगलबार  २ : २० बजे

स्थानीय तहसम्बन्धी गुनासा मुख्यसचिवबाट सम्बोधन गरिने

काठमाडौँ । ‘हेलो सरकार’मा प्राप्त हुने स्थानीय तहसम्बन्धी जनगुनासा मुख्यसचिवमार्फत

इरानसँग दश दिनको युद्धविराम गर्ने कि इजरायलसँगको नयाँ सैन्य अभियानलाई समर्थन गर्ने ? दोधारमा ट्रम्प

तेहरान । वासिङ्टन र तेहरानबिचको द्वन्द्व तीव्र हुँदै जाँदा मध्यपूर्वमा

शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक

महेन्द्रनगर । शारदा ब्यारेजमा चारपाङ्गे सवारीसाधन आवतजावतमा रोक लगाइएको छ

अब अनलाइनबाटै वैदेशिक रोजगार ठगीसम्बन्धी उजुरी दिन सकिने

काठमाडौं । के तपाईं वैदेशिक रोजगारीको प्रलोभनमा परी ठगिनु भएको

नेपालको विकास यात्रामा रुसको योगदान महत्त्वपूर्ण छ : वर्षमान पुन

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) नेता तथा पूर्वअर्थमन्त्री वर्षमान