१५ बैशाख २०८१, शनिबार | April 27, 2024

कोरोना विशेष अस्पताल बुटवलमा देवदहका एकजना कोरोना संक्रमितको मृत्यु



बुटवल । कोरोना विशेष अस्पताल बुटवलमा उपचार गराईरहेका देवदहका एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

पुस १७ गते स्वास्थ्यमा समस्या भएपछि लुम्बिनी प्रादेशिक अस्पताल पुगेका देवदह नगरपालिका ४ का ७३ वर्षीय पुरुषमा सोहि दिन कोरोना संक्रमण पुष्टि भएको थियो । कोरोना संक्रमणको उपचारमा प्रयोग हुने सबै बिधि अपनाउँदा पनि उनको साँझ ५ः०५ बजे मृत्यु भएको अस्पतालका प्रवक्ता डा. विष्णु गौतमले बताए ।

रुपन्देहीमा आज सम्ममा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १३९ पुगेको छ । रुपन्देहीमा आज पनि २२ जना कोरोना संक्रमित थपिएको स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ । जिल्लामा ८९१३ जनामा संक्रमण पुष्टि भईसकेको छ जस मध्य ८५०५ जना निको भएर घर फर्केका छन् ।

प्रकाशित मिति : २० पुस २०७७, सोमबार  ९ : ३७ बजे

बझाङमा उत्साहपूर्वक मतदान हुँदै

बझाङ । बझाङ प्रदेशसभा निर्वाचन ९१ ० मा मतदाता उत्साहपूर्वक

आइपिएलमा कोलकोतामाथि पञ्जाबको कीर्तिमानी जित

काठमाडौं । भारतमा जारी इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत गएराति

शान्तिपूर्ण रूपमा इलाम-२ मा मतदान सुरु

इलाम । इलाम क्षेत्र-२ मा मतदान सुरु भएको छ ।

नेपाल र वेस्ट इन्डिज ‘ए’ बीचको टी-२० सिरिजको पहिलो खेल आज

काठमाडौं । नेपाल र वेस्ट इन्डिज ‘ए’ बीचको टी-२० सिरिजको

आज इलाम र बझाङमा उपनिर्वाचन

काठमाडौं । आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ । इलाम-२