१ आश्विन २०८३, बिहिबार | September 17, 2026

आजको मौसम : काठमाडौंको प्रदुषण अस्वस्थ तहमा, कतै सामान्य बदली, कतै आंशिक बदली



काठमाडौं । हाल देशभरको मौसममा पश्चिमी वायुको प्रभाव कायमै रहेको छ । जस अनुसार हाल देशभरको मौसममा आंशिकदेखि सामान्य बदली रहेको छ ।

आज काठमाडौंका न्युनतम तापक्रम ६ डिग्री सेल्सियस रहेको छ भने अधिकतम तापक्रम २३ डिग्री सेल्सियस पुग्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

त्यसैगरी काठमाडौंको बायुको प्रदुषण अझै पनि अस्वस्थ तहमा रहेको छ । एक्विकएन डट ओआरजीका अनुसार आज विहान ५ बजे काठमाडौंको बायुको प्रदुषणको मात्रा १९० मापन गरिएकाे छ ।

बायु प्रदुषण मापनका हिसाबले ० देखि ५० लाई राम्रो, ५१ दखि १०० लाई मध्यम, १०१ देखि १५० लाई केही निश्चित समुहका लागि अस्वस्थ, १५१ देखि २०० लाई हरेक मानिसलाई असर पार्न सक्ने अवस्थाको अस्वस्थ मानिन्छ ।

त्यसैगरी २०१ देखि ३०० को अवस्थालाई अत्यन्तै अस्वस्थ र ३०१ देखि माथीको अवस्थालाई खतरनाक अर्थात स्वास्थ्य संकटको अवस्था मानिन्छ । आज दिउँसो देशको सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशको मौसममा सामान्य बदली हुने सम्भावना रहेको छ ।

त्यस्तै देशका बाँकी प्रदेशहरुको मौसममा आंशिक बदली रहने सम्भावना देखिएको छ । सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ ।

त्यस्तै देशका उच्च पहाडी तथा हिमाली भू-भागका एक, दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको विभागले जनाएको छ । आज राति देशका पहाडी भू-भागको मौसममा आंशिक बदली रहने सम्भावना देखिएको छ । साथै एक, दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना पनि रहेको छ ।

पश्चिमी उच्च पहाडी तथा हिमाली भू-भागका एक, दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको जल ताथा मौसम विज्ञान विभागले जनाएको छ ।

प्रकाशित मिति : २२ पुस २०७७, बुधबार  ७ : ०९ बजे

नेपालगन्जमा रामलीलाको १५९ औं सृङ्खलाको तयारी

नेपालगन्ज । नेपालगन्जमा रामलीलाको १५९औँ शृंखलाको तयारी गरिएको छ ।

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २४ घण्टामा थपियो करिब २३ करोड

काठमाडौँ । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पछिल्लो २४ घण्टामा

अर्थमन्त्री डा स्वर्णिम वाग्ले र भारतीय समकक्षी निर्मला सीतारमणबीच भेटवार्ता

काठमाडौँ । भारत भ्रमणमा रहनुभएका अर्थमन्त्री डा स्वर्णिम वाग्ले र

अख्तियारको वार्षिक प्रतिवेदन : ९९० प्रतिवादीविरुद्ध बिगोसहित मुद्दा दर्ता

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष २०८२/८३ मा

चिनियाँ रक्षामन्त्रीसँग प्रधान सेनापति सिग्देलको भेट

काठमाडौँ । जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमणमा रहेका प्रधान सेनापति