१४ बैशाख २०८१, शुक्रबार | April 26, 2024

पोखरामा राष्ट्रिय परिचयपत्रका लागि तथ्याङ्क सङ्कलन शुरु



पोखरा । पोखरा महानगरपालिकामा राष्ट्रिय परिचयपत्रका लागि तथ्याङ्क सङ्कलन कार्य शुरु भएको छ ।

राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागबाट गएको टोलीले विवरण दर्ताका लागि वडा कार्यालयमा नै कम्प्युटरलगायतका आवश्यक उपकरण राखेर काम शुरु गरेको पोखरा महानगर राष्ट्रिय परिचयपत्र रुजु अधिकारी विष्णुप्रसाद लामिछानेले जानकारी दिए । उनका अनुसार बुधबार पोखरा महानगर नगरपालिका– ४ का वडाध्यक्ष शङ्करप्रसाद बास्तोलाको तथ्याङ्क सङ्कलन गरेर शुभारम्भ भएको हो ।

वडाध्यक्ष बास्तोलाले नागरिकताको प्रमाणपत्र प्राप्त व्यक्तिले आवश्यक विवरण भरेर राष्ट्रिय परिचयपत्र प्राप्त गर्नसक्ने जानकारी दिए ।

जनतालाई प्रदान गर्ने सेवासुविधा एकीकृत प्रणालीमार्फत एउटै परिचयपत्रबाट प्राप्त हुने प्रावधानसहितको प्रणालीको विकास गर्ने, जैविक पहिचानसहितको बहुउपयोगी परिचयपत्र तयार गरी वितरण गर्ने र नेपालमा बस्ने सबै व्यक्तिका विवरण राष्ट्रिय तथ्याङ्क भण्डारणमा समाविष्ट गर्ने राष्ट्रिय परिचयपत्रको उद्देश्य रहेको उनले बताए ।

उनले भने, “अनेकन परिचयपत्र (लाइसेन्स, प्यान कार्ड, विवाह दर्ता) अब बोक्नु पर्दैन, अब पाइने राष्ट्रिय परिचयपत्रमा यी सबै परिचयपत्रमा उल्लेख गरिएका सबै विवरण हुन्छ ।”

राष्ट्रिय परिचयपत्र डिजिटल हुन्छ । राष्ट्रिय परिचयपत्रमा भएका विवरण ‘रिडेबल मेसिन’ मार्फत हेर्न सकिन्छ ।

राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले कास्कीको पोखरा महानगरपालिका वडा नम्बर १ देखि ५ सम्म पहिलो चरणमा तथ्याङ्क सङ्कलन शुरु गरिएको हो ।

पहिलो चरणमा ५ वटा वडादेखि शुरु गरिएको र आइतबारदेखि वडा नं ६ देखि दोस्रो चरण शुरु हुने जनाइएको छ ।

प्रकाशित मिति : २२ पुस २०७७, बुधबार  ८ : ५८ बजे

एकल र साझा अधिकार सूचीमा रहेका कानुनहरू तीनै तहका सरकारले छिटो बनाउनुपर्छ : प्रदेशमन्त्री श्रेष्ठ

हेटौँडा । बागमती प्रदेश सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा

गुणस्तरीय स्वास्थ्य–शिक्षा उपलब्ध गराउन सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री

मोरङ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गुणस्तरीय स्वास्थ्य र शिक्षामा

एक किलो ७६८ ग्राम सुन र एक करोड बढी रकमसहित सात जना पक्राउ

काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले एक किलो

प्रधानमन्त्रीसँग एडिबीका उपाध्यक्षको शिष्टाचार भेट

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग एसियाली विकास बैंक (एडिबी)

कृषि मन्त्रालयका सहसचिव बर्खास्त

काठमाडौं । कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सहसचिव डा. कमलराज