२४ श्रावण २०८३, आइतबार | August 9, 2026

सानेपामा कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक



काठमाडौं । संसद्को प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बसिरहेको छ। पार्टी सभापति गगनकुमार थापाको अध्यक्षतामा पार्टी केन्द्रीय कार्यालय सानेपामा केहीबेर अगाडि बैठक बसेको हो ।

बैठकमा पार्टीको आगामी १५औँ महाधिवेशन र मुलुकको पछिल्लो राजनीतिक परिस्थितिका सम्बन्धमा विस्तृत छलफल हुने कांग्रेस केन्द्रीय सदस्य विजयबहादुर स्वाँरले जानकारी दिए ।

उनका अनुसार बैठकमा १५औँ महाधिवेशनको तयारी, नियमावली र निर्वाचन निर्देशिका निर्माण तथा सदस्यता अद्यावधिक र वितरणका बारेमा छलफल हुनेछ । यस्तै, महाधिवेशन तयारी समिति गठन र केन्द्रीय कार्यसम्पादन समितिका निर्णयहरू अनुमोदन गर्ने प्रस्ताव रहेको छ ।

बैठकमा पछिल्लो समय तराई(मधेस क्षेत्रमा भएका विभिन्न घटनाक्रम, सरकारको १०० दिन र विपक्षीको भूमिका, प्रदेश सरकार र सङ्गठनात्मक विषयमा छलफल हुने केन्द्रीय सदस्य स्वाँरले बताए। यसबाहेक मुलुकको समसामयिक राजनीतिक मुद्दा र भ्रातृ संस्थाको विधानका सम्बन्धमा पनि छलफल हुने कांग्रेस केन्द्रीय कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : २४ श्रावण २०८३, आइतबार  २ : ३९ बजे

बजेट अभावले सुस्ताको नदी कटान नियन्त्रणको काम रोकिँदैन : मुख्यमन्त्री आचार्य

सुस्ता । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले पश्चिम नवलपरासीको सुस्ता

शासकीय अराजकताले देश आक्रान्त छ, नागरिकमा अनिश्चितता र आक्रोश बढ्यो : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले वर्तमान सरकारको कार्यशैलीका

प्रधानमन्त्री शाहले एकैदिन भारत र चीनका राजदूतसँग भेटवार्ता गर्दै

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले भोली दक्षिणी छिमेकी मुलुक भारत

सानेपामा कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक

काठमाडौं । संसद्को प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको

आर्थिक आत्मनिर्भरता वृद्धिसँगै सम्बन्धविच्छेदका मुद्दा पनि बढे

दमौली । जिल्लामा आर्थिक आत्मनिर्भरता, सामाजिक चेतना र व्यक्तिगत स्वतन्त्रताप्रतिको