१३ बैशाख २०८१, बिहिबार | April 26, 2024

समग्र विकासमा सरकार अग्रसर : दार्चुलाको छाङरु, व्यास र टिङ्कर क्षेत्रको विकास गर्न रणनीतिक महत्त्वको कार्ययोजना



काठमाडौं । विकासको मूल प्रवाहबाट पछाडि परेका दार्चुलाको छाङरु, व्यास र टिङ्कर क्षेत्रको समग्र विकासका लागि ल्याइएको रणनीतिक महत्वको एकीकृत कार्ययोजनालाई तीव्रता दिन सरकारले अग्रसरता लिएको छ ।

गृह मन्त्रालयका सहसचिव तथा प्रवक्ता चक्रबहादुर बुढाले आधारभूत पूर्वाधार निर्माण तथा राज्यबाट प्रदान गरिने सेवा प्रवाहमा सुधार ल्याउन सो क्षेत्रको समग्र विकासका लागि रणनीतिक महत्वको एकीकृत कार्ययोजना सञ्चालनमा ल्याई कामलाई तीव्रता दिएको जानकारी दिए । सडक पूर्वाधारदेखि सामाजिक विकासका कार्यक्रमलाई समग्र विकास कार्यक्रमका रूपमा एकीकृत कार्ययोजना अगाडि बढाइएको छ ।

मन्त्रालयका अनुसार पूर्वाधार निर्माणमा दार्चुला-टिङ्कर सडक निर्माण, छाङरु-टिङ्कर सडक निर्माण, महाकाली नदीमा सीता पुल र काठे पुलको मर्मत सम्भार, हेलिप्याड निर्माण योजनामा छन् । त्यसैगरी खानेपानी योजना नयाँ निर्माण र पुरानोको मर्मत सम्भार, कृषि, टिङ्कर नाकामा भन्सार पुनर्निर्माण, सीमा प्रशासन कार्यालय निर्माण गरी दरबन्दीअनुसार कर्मचारी आपूर्ति गरी सेवा सञ्चालन गरिनेछ ।

त्यस्तै पशु क्वारेन्टाइन कार्यालय स्थापना, टिङ्कर र छाङरुमा आधारभूत विद्यालय पुनस्र्थापना, अस्पताल निर्माण, टेलिफोन टावर निर्माण, भूक्षय, बाढीपहिरो नियन्त्रण, उन्नत कृषि कार्यक्रमअन्तर्गत स्याउ खेती, जडीबुटी खेती, ओखर खेती, आलु खेती, पर्यटन प्रवद्र्धनका लागि स्थान पहिचानलगायतका काम पहिचान गरिएको प्रवक्ता बुढाले जानकारी दिए । उक्त समाचार आजको गोरखापत्रमा छापिएको छ ।

प्रकाशित मिति : २३ पुस २०७७, बिहिबार  ६ : ३८ बजे

टोपबहादुर रायमाझीलाई धरौटीमा छोड्न सर्वोच्च अदालतबाट अस्वीकार

काठमाडौं । सर्वोच्च अदालतले एमालेका नेता टोपबहादुर रायमाझीलाई धरौटीमा छोड्न

बजारमा निम्न गुणस्तरको वाईवाई चाउचाउ, चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौँ महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

पूर्वमन्त्री आलमलाई जन्मकैदको सजाय

काठमाडौं । पूर्वमन्त्री मोहम्मद अफताब आलमलाई जन्मकैदको सजाय भएको छ

एएचजेड यूके युनिभर्सिटी रिप्रेजेन्टेटिभको नयाँ शाखा बुटवलमा सञ्चालन

बुटवल । अध्ययनका लागि बेलायत जाने विद्यार्थीहरुलाई लक्षित गरि बुटवलमा

भीम रावलले गरे एमाले छोड्ने संकेत !

काठमाडौं । नेकपा एमालेका नेता एवं पूर्व उपप्रधानमन्त्री डा. भीम