६ श्रावण २०८३, बुधबार | July 22, 2026

समग्र विकासमा सरकार अग्रसर : दार्चुलाको छाङरु, व्यास र टिङ्कर क्षेत्रको विकास गर्न रणनीतिक महत्त्वको कार्ययोजना



काठमाडौं । विकासको मूल प्रवाहबाट पछाडि परेका दार्चुलाको छाङरु, व्यास र टिङ्कर क्षेत्रको समग्र विकासका लागि ल्याइएको रणनीतिक महत्वको एकीकृत कार्ययोजनालाई तीव्रता दिन सरकारले अग्रसरता लिएको छ ।

गृह मन्त्रालयका सहसचिव तथा प्रवक्ता चक्रबहादुर बुढाले आधारभूत पूर्वाधार निर्माण तथा राज्यबाट प्रदान गरिने सेवा प्रवाहमा सुधार ल्याउन सो क्षेत्रको समग्र विकासका लागि रणनीतिक महत्वको एकीकृत कार्ययोजना सञ्चालनमा ल्याई कामलाई तीव्रता दिएको जानकारी दिए । सडक पूर्वाधारदेखि सामाजिक विकासका कार्यक्रमलाई समग्र विकास कार्यक्रमका रूपमा एकीकृत कार्ययोजना अगाडि बढाइएको छ ।

मन्त्रालयका अनुसार पूर्वाधार निर्माणमा दार्चुला-टिङ्कर सडक निर्माण, छाङरु-टिङ्कर सडक निर्माण, महाकाली नदीमा सीता पुल र काठे पुलको मर्मत सम्भार, हेलिप्याड निर्माण योजनामा छन् । त्यसैगरी खानेपानी योजना नयाँ निर्माण र पुरानोको मर्मत सम्भार, कृषि, टिङ्कर नाकामा भन्सार पुनर्निर्माण, सीमा प्रशासन कार्यालय निर्माण गरी दरबन्दीअनुसार कर्मचारी आपूर्ति गरी सेवा सञ्चालन गरिनेछ ।

त्यस्तै पशु क्वारेन्टाइन कार्यालय स्थापना, टिङ्कर र छाङरुमा आधारभूत विद्यालय पुनस्र्थापना, अस्पताल निर्माण, टेलिफोन टावर निर्माण, भूक्षय, बाढीपहिरो नियन्त्रण, उन्नत कृषि कार्यक्रमअन्तर्गत स्याउ खेती, जडीबुटी खेती, ओखर खेती, आलु खेती, पर्यटन प्रवद्र्धनका लागि स्थान पहिचानलगायतका काम पहिचान गरिएको प्रवक्ता बुढाले जानकारी दिए । उक्त समाचार आजको गोरखापत्रमा छापिएको छ ।

प्रकाशित मिति : २३ पुस २०७७, बिहिबार  ६ : ३८ बजे

दाङमा एक वर्षमा सडक दुर्घटनामा ७२ जनाको मृत्यु

दाङ । गत चैत ५ गते बिहीबार बेलुका तुलसीपुर उपमहानगरपालिका-९

हस्तकलामार्फत रोजगारी सिर्जना गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले हस्तकला व्यवसायसम्बन्धी नीति निर्माण, हस्तकला

नतिजामुखी भएर काम गर्न कर्मचारीलाई सञ्चारमन्त्रीको निर्देशन

काठमाडौं । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले मन्त्रालय र

अन्नपूर्ण क्षेत्रमा लेक लागेर एक वर्षमा २५ पर्यटकको मृत्यु

गण्डकी । अन्नपूर्ण पदमार्गमा पुगेकामध्ये २५ जना पर्यटकको लेक लागेर

पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छ : नेता आङ्देम्बे

चितवन । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले नेताहरुले