११ कार्तिक २०८३, बुधबार | October 28, 2026

एनपिएल : सुदूरपश्चिम रोयल्सको जित



काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत आज भएको खेलमा सुदूरपश्चिम रोयल्सले पोखरा एभेन्जर्सलाई ६ विकेटले पराजित गर्दै प्रतियोगितामा पहिलो जित दर्ता गराएको छ । यसअघि सुदूरपश्चिम लुम्बिनी लायन्ससँग पराजित भएको थियो ।

पोखराले जितको लागि दिएको १४६ रनको लक्ष्य पछाएको सुदूरपश्चिमले १६.५ ओभरमा ४ विकेट गुमाएर पूरा गर्‍यो ।

सुदूरपश्चिमका लागि कप्तान दीपेन्द्रसिंह ऐरीले अविजित ५१ रन बनाए । उनले ३६ बलमा ४ चौका र २ छक्का प्रहार गरे । त्यस्तै, इशान पाण्डेले ३१ बलमा २ चौका र २ छक्कासहित ३७ रनको योगदान दिए ।

ब्रान्डन म्याकमुलेनले १२ बलमा २२ रन बनाए भने सैफ जैबले १५ तथा सर्फेन रदरफोर्ड ८ रनमाब अविजित रहे । पोखराका लागि धनञ्जय लक्षण, महेदी हसन र शाकिब अल हसनले समान एक एक विकेट लिए ।

त्यसअघि कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट मैदानमा ट्स हारेर पहिला ब्याटिङको निम्तो पाएको पोखराले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै १४५ रनको योगफल बनाएको थियो ।

पोखराका लागि अर्जुन घर्तीले उत्कृष्ट ब्याटिङ गर्दै २५ बलमा अविजित ४० रन बनाए । उनले चार चौका र एक छक्का प्रहार गरे ।

त्यस्तै महेदी हसनले २१ बलमा ३२ रन बनाउँदा कप्तान कुशल भुर्तेलले १७ बलमा २१ रनको योगदान दिए । शाकिब अल हसनले १६ बलमा १४ रन तथा धनञ्जय लक्षणले १६ बलमा ११ रन बनाए । सदीरा समरविक्रमा आठ रनमा आउट भए ।

सुदूरपश्चिम रोयल्सका बलर अनिल खरेलले उत्कृष्ट प्रदर्शन गर्दै तीन विकेट लिए । उनले तीन ओभरमा २३ रन खर्चिए । त्यस्तै स्कट कुगेलाइन, दीपेन्द्रसिंह ऐरी र हेमन्त धामीले समान एक एक विकेट हात पारे ।

प्रकाशित मिति : ११ कार्तिक २०८३, बुधबार  ९ : ०१ बजे

सरकारद्वारा साइबर सुरक्षा एड्भाइजरी जारी

काठमाडौँ । राष्ट्रिय साइबर सुरक्षा केन्द्रले साइबर सुरक्षा एड्भाइजरी गरेको

चक्रवाती आँधी ‘अर्नब’ को सम्भावित प्रभावलाई मध्यनजर गर्दै हवाई सुरक्षा सतर्कता जारी

काठमाडौंँ । नेपाल नागरिक उड्डयन प्राधिकरण(क्यान)ले शक्तिशाली चक्रवाती आँधी ‘अर्नब’

एनपिएल : सुदूरपश्चिम रोयल्सको जित

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत आज भएको खेलमा सुदूरपश्चिम

स्थानीय तहको निर्वाचनलाई गैरदलीय बनाउन उज्यालो नेपालको ध्यानाकर्षण

काठमाडौँ । उज्यालो नेपाल पार्टीले आगामी स्थानीय तहको निर्वाचन गैरदलीय

स्पेनमा भयानक रेल दुर्घटना : ६४ को मृत्यु, दर्जनौँ घाइते

काठमाडौँ । स्पेनको राजधानी म्याड्रिडको दक्षिणमा स्पेनको तीव्र गतिको रेल अर्को