७ बैशाख २०८१, शुक्रबार | April 20, 2024

आजको मौसम : पूर्व र सुदूरपश्चिम क्षेत्रमा आंशिक बदली



काठमाडौं । हाल नेपालको मौसममा भारतको कर्णाटकदेखि गुजरातमा उत्पन्न न्युन चापीय रेखाको आंशिक प्रभाव रहेको छ ।

हाल प्रदेश १ को पहाडी भू-भागको मौसम आंशिक बदली भएको छ । तराईका भू-भागमा हुस्सु् र कुहिरो लागेको छ । देशका बाँकी भू-भागको मौसम सामान्यतया सफा रहेको छ ।

आज विहान ६ बजे काठमाडौंको बायुको तापक्रम ४ डिग्री सेल्सियस रहेको थियो । यसैगरी आजको अधिकतम तापक्रम २१ डिग्री सेल्सियस पुग्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

आज दिउँसो प्रदेश १ र सुदुरपश्चिम प्रदेशको मौसममा आंशिक बदली रहने छ । देशका अन्य भू-भागहरुको मौसम सामान्यतया सफा रहने विभागले जनाएको छ ।

त्यसैगरी आज राति प्रदेश १, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशको मौसममा आंशिकदेखि सामान्य बदली हुने सम्भावना देखिएको छ । देशका बाँकी भू-भागको मौसममा आंशिक बदली हुन सम्भाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

प्रकाशित मिति : २४ पुस २०७७, शुक्रबार  ७ : २४ बजे

कार्यकक्षमा नभेटिने कर्मचारीलाई कारवाही गर्ने स्वास्थ्य मन्त्रालयको चेतावनी

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कार्यालय समयमा आफ्नो कार्यकक्षमा

इलाममा करेन्ट लागेर एक जनाको मृत्यु

इलाम । इलाममा करेन्ट लागेर एक जनाको मृत्यू भएको छ

धरौटी बुझाउन नसकेपछि दिपेश पुन जेल चलान

बुटवल । सुप्रिम सहकारी ठगी प्रकरणमा पक्राउ परेका दिपेश पुन

काठमाडौं महानगरमा ३३ जनाको निःशुल्क उपचार, कसरी लिने सेवा ?

काठमाडौं । २ जना वेवारिसे र ३१ जना विपन्न गरी

अंग्रेज हराएको खुशीयालीमा बुटवलमा मनाइयो जितगढी विजय उत्सव (फोटो फिचरसहित)

बुटवल । नेपाल-अंग्रेज (इष्ट इण्डिया कम्पनी) सँगको युद्धमा जित हासिल