९ चैत्र २०८२, सोमबार | March 23, 2026

आमसभालाई सम्बोधन गर्न प्रधानमन्त्री ओली धनगढीमा



धनगढी । प्रतिनिधिसभा विघटन गरेका प्रधानमन्त्री केपी शर्मा ओली आफ्नो पक्षको नेकपाको सभालाई सम्बोधन गर्न पहिलो पटक काठमाडौं बाहिर धनगढी पुगेका छन् ।

शुक्रबार बिहान श्री एयरलाइन्सको जहाजबाट प्रधानमन्त्री ओली धनगढी विमानस्थल पुग्दा उनीनिकट नेता कार्यकर्ताहरुले विमानस्थलको रनवे नजिकै पुगेर स्वागत गरेका छन् ।

तर, प्रधानमन्त्री ओलीको स्वागतका लागि सुदुरपश्चिम सरकारका मुख्यमन्त्री र मन्त्रीहरु भने कोही पनि पुगेनन् । सोही कारण प्रचण्ड–नेपाल पक्षीय मुख्यमन्त्री, मन्त्रीहरु ओलीको स्वागतका लागि विमानस्थल नपुगेका हुन् । सदुरपश्चिम प्रदेश सरकारमा ओली पक्षका कोही पनि मन्त्री बाँकी छैनन् ।

पुष ५ गते प्रतिनिधिसभा विघटन गरेपछि व्यवहारिक रुपमा दुई पार्टी बनेको नेकपाको एक समुहको नेतृत्व ओलीले गरेका छन् । ओलीको धनगढी यात्रालाई शक्ति प्रदर्शनको रुपमा हेरिएको छ ।

विमानस्थलबाट नेपाल राष्ट्र बैंकको विश्राम गृह पुगेका ओलीले केही समयपनि सोही ठाउँ नजिकै रहेको खुल्लामञ्चमा आयोजित सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । सो कार्यक्रमलाई उद्योगमन्त्री लेखराज भट्टले समेत सम्बोधन गर्नेछन् ।

आफ्नो पक्षमा धेरै समर्थन रहेको देखाउन ओली पक्षीय नेताहरुले कैलाली र कञ्चनपुरबाट समर्थहरुलाई धनगढी उतारेका छन् ।

ओलीको विरोधमा प्रचण्ड पक्षीय नेता कार्यकर्ताहरुले भने कालोझण्डा प्रदर्शन गरेका छन् । धनगढीको विभिन्न स्थानमा अखिलका कार्यकर्ताहरुले टायर बालेर प्रधानमन्त्री ओलीको विरोधमा प्रदर्शन गरेका छन् ।

ओलीको विरुद्धमा प्रदर्शन हुने थाहा पाएपछि विमानस्थलदेखि धनगढीसम्मको सुरक्षा व्यवस्था कडा पारिएको छ। विमानस्थलमा तालिम प्राप्त कुकुरसहित सेना परिचालन गरिएको छ भने धनगढीको चोकचोकमा सशस्त्र प्रहरी र नेपाल प्रहरीका सयौं जवान र अफिसरहरु तैनाथ गरिएको छ ।

 

 

 

 

 

प्रकाशित मिति : २४ पुस २०७७, शुक्रबार  १ : ०७ बजे

रवि लामिछानेको रिट ‘हेर्दाहर्दै’ मा मङ्गलबार सुनुवाइ हुने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्धको सङ्गठित

इरान र अमेरिकाबीचको वार्ता सकारात्मक : अमेरिकाबाट ५ दिनका लागि आक्रमण स्थगित

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान विरुद्धको आक्रमणलाई ५

सिंहदरबारमा ६ दलका संसदीय कार्यालय तयार

काठमाडौं । सङ्घीय संसद् सिंहदरबारभित्रबाटै सञ्चालन हुने तयारीसँगै नवनिर्वाचित ६

बझाङको रायाल आसपास केन्द्रविन्दु भएर भूकम्प

काठमाडौँ । बझाङ जिल्लाको रायाल आसपास केन्द्रविन्दु भएर भूकम्प गएको

राष्ट्रिय दिवसको अवसरमा पाकिस्तानी दूतावासमा झण्डोत्तोलन

काठमाडौं। पाकिस्तानको ८६औँ राष्ट्रिय दिवस (पाकिस्तान डे)का अवसरमा काठमाडौंस्थित पाकिस्तानी