२७ बैशाख २०८३, आइतबार | May 11, 2026

नेकपाका दुबै पक्षका प्रवक्ताको एउटै आवाज, संसद सांसद खरिद बिक्री गर्ने थलो बन्न थाल्यो



काठमाडौं । राजनीतिकरुपमा विभाजित भएरपनि कानुनले विभाजन स्विकार नगरेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का दुई समूहले एकले अर्कामा सांसद किनबेच सुरु भएको आरोप लगाउन थालेका छन् । आज बिहानमात्र गोरखाबाट काठमाडौं पुगेको आफु निकट कार्यकर्ताहरुसँगको छलफलमा नेकपा प्रचण्ड-नेपाल पक्षका प्रवक्ता नारायणकाजी श्रेष्ठले ओली पक्ष सुटकेसमा पैसा बोकेर सांसद किन्न निस्केको आरोप लगाएका थिए भने मध्यान्हमा ओली पक्षीय नेकपाका प्रवक्ता एवं परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले प्रतिनिधि सभा पुनर्स्थापनापछि संसदमा सांसदहरुको किनबेच हुन सक्ने खतरा बढेको बताएका छन्।

नेपाल मसलन्द तथा शैक्षिक सामाग्री उद्योग संघको २१ औं वार्षिक साधारणसभाको उदघाटन सत्रलाई सम्बोधन गर्दै मन्त्री ज्ञवालीले दलहरुको नीतिविहीन गठबन्धनको प्रयास गर्ने क्रममा सांसदहरुको खरिदबिक्री हुने थलो बन्ने खतरा बढेको बताए ।

आफुहरु संविधानको सर्वोच्चतामा विश्वास गर्ने, विधिको साशन मान्ने र न्यायपालिकाको स्वतन्त्रताको सम्मान गर्ने शक्ति भएको बताउंदै उनले न्याय पालिकाकै फैसलाले संसद सांसदहरुको खरिद बिक्री हुने थलो बन्ने त होईन ? भन्ने खतरा बढेको बताए ।
‘न्यायपालिकाले गर्ने फैसला हाम्रा लागि मञ्जुर छ’, उनले भने, ‘हामी त्यसलाई कार्यान्वयन गर्छौं। तर, कतै फेरि संसद सांसदहरुको खरिद विक्रीको थलो बन्ने त होइन ? कतै सांसद फेरि दलहरुको नीतिहीन गठबन्धनको थलो बन्ने त होइन ?’

आजै बिहानमात्र प्रचण्ड-नेपाल पक्षका प्रवक्ता श्रेष्ठले सरकार नछाड्नका लागि ओली पक्षले सांसद खरिद गर्नका लागि सुटकेसमा पैसा बोकेर हिँड्न थालेको बताएका थिए ।

‘सांसद खरिद गर्न सुटकेसमा पैसा बोकेर हिड्न थालेका खबरहरु आइरहेका छन्, सरकार जोगाउनका लागि उनीहरु जे पनि गर्न सक्छन्’, गोरखाका अगुवा कार्यकर्ताहरुलाई सम्बोधन गर्दै उनले भनेका थिए ।

 

प्रकाशित मिति : १५ फाल्गुन २०७७, शनिबार  ९ : ४२ बजे

दोस्रो राष्ट्रिय महिला फुटबल : अभिशेक चर्च अन्तिम चारमा

बुटवल । बुटवलमा जारी दोस्रो राष्ट्रिय महिला फुटबल प्रतियोगिता–२०८३ अन्तरगत

कोहलपुरमा एक सय आठ घरटहरा हटाइयो

कोहलपुर । बाँकेको कोहलपुर नगरपालिकाले सार्वजनिक तथा सरकारी जग्गा अतिक्रमण

रुपन्देहीमा सार्वजनिक शान्तिमा खलल पुर्याउने ११ जना प्रहरी नियन्त्रणमा

बुटवल । रुपन्देही जिल्लाका बिभिन्न स्थानहरुमा शान्ति सुरक्षामा खलल पुर्याउने

पसल काउण्टरबाट पैसा चोर्ने समूहका एकजना पक्राउ

नेपालगन्ज । पसलको काउण्टरबाट पैसा चोर्ने समुहका एकजनालाई आज स्थानीयले

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समिति बैठक बोलाएको