२० माघ २०८२, मंगलबार | February 3, 2026

साझा प्रकाशनको अध्यक्षमा डा. विजय सुब्बा निर्वाचित



काठमाडौं । साझा प्रकाशनको २४ औँ साधारणसभाअन्तर्गत भएको निर्वाचनमा सञ्चालक समितिको अध्यक्षमा विजय सुब्बा निर्वाचित भएका छन् ।

साहित्यकार तथा निवर्तमान सांसद सुब्बा ४ सय १२ मतसहित विजयी भएको र उनका प्रतिस्पर्धी जीवनचन्द्र कोइरालाले १ सय ८३ मत प्राप्त गरेको निर्वाचन समितिका सदस्यसचिव होमनाथ भट्टराईले जानकारी दिए ।

यही पुस २१ देखि २४ गते बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म प्रकाशनको पुल्चोकस्थित कार्यालयमा निर्वाचन भएको थियो ।

सुब्बा र कोइराला प्रकाशनका पूर्वसञ्चालक सदस्य हुन् । भाषा-साहित्यको क्षेत्रमा ऐतिहासिक मानिने सो संस्थाको नयाँ व्यवस्थानुसार सञ्चालक समितिको अध्यक्षमा पहिलोपटक निर्वाचन भएकोे हो ।

विगतमा नेपाल सरकारबाट संस्थामा अध्यक्ष नियुक्ति गरिन्थ्यो । निर्वाचित पदाधिकाारीको कार्यकाल चार वर्षको हुनेछ ।

निर्वाचित भएपछि रासससँग कुरा गर्दै अध्यक्ष सुब्बाले हरेक हिसाबले ध्वस्त प्रकाशनलाई ब्युँताएर अगाडि बढाउने चुनौतीपूर्ण काममा आफू इमानदार भएर लाग्ने प्रतिबद्धता जनाउँदै सम्पूर्ण अग्रज स्रष्टा र मतदाताबाट प्राप्त सद्भावप्रति श्रद्धाभाव व्यक्त गरे ।

कुल १ हजार ४ सय ५७ मतदाता [अंशियार] रहेको सो प्रकाशनको निर्वाचनमा ६ सय ४३ मत खसेको र ४८ बदर भएको थियो । प्रकाशनको सञ्चालक सदस्यमा यसअघि हरि भण्डारी, डीपी अर्याल र सीता ओझा तथा लेखा सुपरीवेक्षण समितिको संयोजकमा प्रभादेवी बज्राचार्य निर्विरोध निर्वाचित भइसकेका थिए ।

सदस्यका उम्मेदवार वियोगी बुढाथोकी, ज्ञानु अधिकारी, महेश प्रसाईँ र यशोदा अधिकारीले फिर्ता लिएपछि सहमति भएको थियो । निर्वाचनका लागि अधिवक्ता मनोहर लामिछानेको संयोजकत्वमा समिति गठन भएको थियो ।

साधारणसभाको गणपूरक सङ्ख्याका लागि भने अलग्गै उपस्थिति पुस्तिकामा उपस्थिति गराएको जनाइएको छ । शनिबार [२५ गते] भर्चुअलरुपमा हुने साधारणसभामा २३औँ साधारणसभापछिका विभिन्न आर्थिक वर्षका प्रगति प्रतिवेदन प्रस्तुत र छलफल हुनेछ ।

संस्थाको कूल नौ सदस्यीय सञ्चालक समितिमा अर्थ मन्त्रालय, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय र विषयगत मन्त्रालयबाट एकरएक जना सहसचिव रहने छन् भने एक विज्ञ सदस्यमा नेपाल सरकारले नियुक्त गर्नेछ । रासस

प्रकाशित मिति : २४ पुस २०७७, शुक्रबार  १० : ०० बजे

वैदेशिक हुलाक भन्सार शाखामा कार्यरत अधिकृतसहित तीन जना अख्तियारको नियन्त्रणमा

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन विमानस्थल भन्सार कार्यालयको

बन्दसूचीमा समेटिएकामध्ये मापदण्ड नपुगेका ७६ जनाको नाम सूचीबाट हटाइयो(सूचीसहित)

काठमाडौँ । निर्वाचन आयोगले प्रतिनिधि सभा निर्वाचन अन्तर्गत समानुपातिक बन्दसूचीमा

आचारसंहिता पालना नगर्ने पत्रकार र सञ्चार माध्यमप्रति काउन्सिल निर्मम बन्ने

नेपालगन्ज । प्रेस काउन्सिल नेपालका अध्यक्ष डा. कुमार शर्मा आचार्यले

एन आई सी एशिया बैंकद्वारा प्रतिस्पर्धी ब्याजदरमा ‘गोल्ड लोन’ योजना सार्वजनिक

काठमाडौ । एन आई सी एशिया बैंकले आकर्षक कर्जा योजनाहरू

एनआरएनएको १२औँ सम्मेलन फागुन ३० मा

काठमाडौँ । गैरआवासीय नेपाली सङ्घ ९एनआरएनए०को १२ औँ गैरआवासीय नेपाली