१४ बैशाख २०८१, शुक्रबार | April 27, 2024

साझा प्रकाशनको अध्यक्षमा डा. विजय सुब्बा निर्वाचित



काठमाडौं । साझा प्रकाशनको २४ औँ साधारणसभाअन्तर्गत भएको निर्वाचनमा सञ्चालक समितिको अध्यक्षमा विजय सुब्बा निर्वाचित भएका छन् ।

साहित्यकार तथा निवर्तमान सांसद सुब्बा ४ सय १२ मतसहित विजयी भएको र उनका प्रतिस्पर्धी जीवनचन्द्र कोइरालाले १ सय ८३ मत प्राप्त गरेको निर्वाचन समितिका सदस्यसचिव होमनाथ भट्टराईले जानकारी दिए ।

यही पुस २१ देखि २४ गते बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म प्रकाशनको पुल्चोकस्थित कार्यालयमा निर्वाचन भएको थियो ।

सुब्बा र कोइराला प्रकाशनका पूर्वसञ्चालक सदस्य हुन् । भाषा-साहित्यको क्षेत्रमा ऐतिहासिक मानिने सो संस्थाको नयाँ व्यवस्थानुसार सञ्चालक समितिको अध्यक्षमा पहिलोपटक निर्वाचन भएकोे हो ।

विगतमा नेपाल सरकारबाट संस्थामा अध्यक्ष नियुक्ति गरिन्थ्यो । निर्वाचित पदाधिकाारीको कार्यकाल चार वर्षको हुनेछ ।

निर्वाचित भएपछि रासससँग कुरा गर्दै अध्यक्ष सुब्बाले हरेक हिसाबले ध्वस्त प्रकाशनलाई ब्युँताएर अगाडि बढाउने चुनौतीपूर्ण काममा आफू इमानदार भएर लाग्ने प्रतिबद्धता जनाउँदै सम्पूर्ण अग्रज स्रष्टा र मतदाताबाट प्राप्त सद्भावप्रति श्रद्धाभाव व्यक्त गरे ।

कुल १ हजार ४ सय ५७ मतदाता [अंशियार] रहेको सो प्रकाशनको निर्वाचनमा ६ सय ४३ मत खसेको र ४८ बदर भएको थियो । प्रकाशनको सञ्चालक सदस्यमा यसअघि हरि भण्डारी, डीपी अर्याल र सीता ओझा तथा लेखा सुपरीवेक्षण समितिको संयोजकमा प्रभादेवी बज्राचार्य निर्विरोध निर्वाचित भइसकेका थिए ।

सदस्यका उम्मेदवार वियोगी बुढाथोकी, ज्ञानु अधिकारी, महेश प्रसाईँ र यशोदा अधिकारीले फिर्ता लिएपछि सहमति भएको थियो । निर्वाचनका लागि अधिवक्ता मनोहर लामिछानेको संयोजकत्वमा समिति गठन भएको थियो ।

साधारणसभाको गणपूरक सङ्ख्याका लागि भने अलग्गै उपस्थिति पुस्तिकामा उपस्थिति गराएको जनाइएको छ । शनिबार [२५ गते] भर्चुअलरुपमा हुने साधारणसभामा २३औँ साधारणसभापछिका विभिन्न आर्थिक वर्षका प्रगति प्रतिवेदन प्रस्तुत र छलफल हुनेछ ।

संस्थाको कूल नौ सदस्यीय सञ्चालक समितिमा अर्थ मन्त्रालय, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय र विषयगत मन्त्रालयबाट एकरएक जना सहसचिव रहने छन् भने एक विज्ञ सदस्यमा नेपाल सरकारले नियुक्त गर्नेछ । रासस

प्रकाशित मिति : २४ पुस २०७७, शुक्रबार  १० : ०० बजे

इलाम र बझाङ उपनिर्वाचनः मतदानमा सहभागी हुन आयोगको अपिल

काठमाडौं । निर्वाचन आयोगले इलाम र बझाङमा भोलि हुन लागेको

पहिलो पटक हुम्ला पुगे दुई टिपर, स्थानीयले गरे फूलमालाले स्वागत

हुम्ला । राष्ट्रिय सडक सञ्जालसँग नजाडिएको हिमाली जिल्ला हुम्लाको सदरमुकाम

बुटवलपछि बागमती प्रदेशका सरकारी कार्यालयमा पनि तीन भाषामा बडापत्र

हेटौंडा । बुटवल उपमहानगरपालिकाले आफ्नो कार्यालय परिषरमा ४ भाषामा बडापत्र

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अहिले मुलुकको

अमेरिकी विदेशमन्त्री ब्लिन्कन र चिनियाँ राष्ट्रपति सीबीच भेटवार्ता

काठमाडौं । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्कनले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग