१ पुस २०८२, मंगलबार | December 16, 2025

राजा फाल्ने जनताले ‘सत्ता उन्मादी’ ओलीलाई दण्डित गर्छन् : डा. केसी



काठमाडौं । चिकित्सक एवं सामाजिक अभियन्ता डा. गोविन्द केसीले संविधान कुल्चिने प्रधानमन्त्री केपी शर्मा ओलीलाई जनताले फाल्ने बताएका छन् ।

प्रतिनिधिसभा विघटन विरुद्ध शनिबार काठमाडौंको माइतीघरमा आयोजित विरोधसभामा डा. केसीले राजालाई फाल्ने जनताले ओलीलाई पनि फाल्ने बताएका हुन् ।

संविधानले नदिएको अधिकार प्रयोग गरी संसद विघटन गर्ने प्रधानमन्त्री ओलीको शैली ुश्री ७ु महाराजको जस्तो भएको डा. केसीले आरोप लगाए । उनले भने, ‘ओलीको व्यवहार श्री ७ महाराजको जस्तो भएको छ । जनताले श्री ५ महाराजलाई त फाले । अब श्री ७ महाराजलाई पनि फाल्छन्।’

केसीले संविधानको रक्षा गर्नु जनताको कर्तव्य भएको बताउँदै सत्ताको उन्माद चढेका ओलीलाई जनताले दण्डित गरेरै छाड्ने दाबी गरे । अदालतले असंवैधानिक कदमलाई सच्चाएर प्रतिनिधिसभा पुनस्र्थापित गर्ने उनले विश्वास व्यक्त गरे ।

प्रतिनिधि सभा विगठन विरुद्ध सोलिडारिटी फर गोविन्द केसी अलाइन्सले विरोध प्रदर्शन आयोजना गरेको थियो । प्रदर्शनमा सहभागीहरुले
‘प्रतिनिधि सभा मार्न पाइँदैन, निरंकुश सरकार चाहिँदैन’, ‘संवैधानिक सर्वोच्चता कायम गर, संविधानविरुद्धको षड्यन्त्र बन्द गर’, ‘न्यायिक सुशासन कायम गर’, ‘संविधानवादको रक्षा गर’ लगायतका नारा लगाएका थिए ।

प्रकाशित मिति : २५ पुस २०७७, शनिबार  २ : ५८ बजे

रुंदै बाहिरिएको भनिएका प्रदीप ज्ञवालीले मागे ओली प्यानलका लागि मत

काठमाडौँ । महासचिव पदमा अध्यक्ष केपी ओलीले टिममा समावेश नगरेपछि

सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड

काठमाडौं । । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षोंदेखि

रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै

चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा

यसरी हुँदै छ विद्युतीय मेसिनमार्फत एमाले महाधिवेशनमा भोटिङ

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज