३१ बैशाख २०८३, बिहिबार | May 15, 2026

घुस दिने सेवाग्राहीलाई कारवाही गर्ने थप १८ ट्राफिक प्रहरी पुरस्कृत



काठमाडौं । ट्राफिक कारबाही गर्ने क्रममा आर्थिक प्रलोभनमा नपरीघुस फिर्ता गर्ने १८ जना ट्राफिक प्रहरीलाई महानगरिय ट्राफिक महाशाखाले सम्मान सहित पुरस्कृत गरेको छ ।

महाशाखामा आयोजित एक कार्यक्रममा सेवाग्राहीले दिएको घुस अस्विकार गर्दै घुस फिर्ता दिने १८ जनालाई महाशाखाले पुरस्कृत गरिएको हो । पुरस्कृत प्रहरीहरुलाई महाशाखाका प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक जनक भट्टराईले पुरस्कृत र सम्मान गरेका थिए

ट्राफिक नियम उल्लंघन गर्ने सवारी चालकहरुलाई नियमानुसार कारबाही गर्ने क्रममा घुस दिई ट्राफिक प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोज्ने चालकहरुलाई पक्राउ गरि कारबाहीको दायरामा ल्याउने ट्राफिक प्रहरी कर्मचारीलाई सम्मान गरिएको ट्राफिक प्रवक्ता एसपी श्यामकृष्ण अधिकारीले जानकारी दिए ।

पुरस्कृत हुनेहरुमा प्रहरी सहायक निरिक्षक देबिराम भण्डारी, र रामेश्वर उप्रेती, प्रहरी हवल्दार शंकर वन सन्यासी, बिनोद गोतामे तथा प्रहरी जवानहरु भुवन भण्डारी, केदार प्रसाद भण्डारी, नैन सिंह राना, रविन घिमिरे, धनन्जय सिंह रावत (डाँगा), मिना कुमारी आचार्य, निरज थापा, केशब बिष्ट, रमेश सिंह बुडाल, भानुभक्त ढकाल, राकेश कुमार साह, शान्ता श्रेष्ठ, ईश्वर पछाई र सन्दिप कुमार यादव रहेका छन ।

पछिल्लो समय ट्राफिक कारबाहीको क्रममा ट्राफिक प्रहरीलाई घुस दिन खोज्ने ६९ जना सवारी चालकहरुलाई पक्राउ गरि कारबाहीको दायरा ल्याउने ५३ जना ट्राफिक प्रहरीलाई पुरस्कृत एव सम्मान गरेको महाशाखाले जनाएको छ ।

प्रकाशित मिति : २६ पुस २०७७, आइतबार  ७ : ४१ बजे

पूर्वमन्त्री पाण्डेसहित ११ जना धरौटीमा थुनामुक्त

काठमाडौँ । जिल्ला अदालत काठमाडौँले ई–बिडिङ प्रकरणमा पूर्वमन्त्री विक्रम पाण्डेसहित

प्रतिपक्षको बहिष्कारका बीच प्रतिनिधिसभाबाट सरकारको नीति तथा कार्यक्रम पारित

काठमाडौँ । प्रतिनिधिसभाको आजको दोस्रो बैठकले आगामी आर्थिक वर्षको नेपाल

मन्त्रिपरिषद् हेरफेर

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले मौजुदा मन्त्रिपरिषदमा हेरफेर गरेका छन्।

बुटवलको कालिकानगरमा ‘डाउन टाउन चाइना’ रेष्टुरेन्ट सञ्चालन

बुटवल । पछिल्लो समय सामान्य चिया पसलदेखि स्तरीय होटल, रेष्टुरेन्ट,

कपिलवस्तुमा करेन्ट लागेर एक प्राविधिकको मृत्यु

कपिलवस्तु । यहाँको शिवराज नगरपालिका–३ खरेन्द्रपुरमा इन्टरनेट लाइन मर्मत गर्ने