३ चैत्र २०८२, मंगलबार | March 17, 2026

प्रधानमन्त्री केपी ओलीले न्यायालय पनि विघटन गर्न सक्छन : नेता पुन



काठमाडौ । नेकपा स्थायी समिति सदस्य वर्षमान पुन अनन्तले प्रधानमन्त्री केपी ओलीले न्यायालयलाई प्रभावित पार्ने सार्वजनिक अभिव्यक्ति दिँदै हिंडेको भन्दै आपत्ति जनाएका छन् । आफ्नो व्यक्तिगत मनोकांक्षा सिद्ध गर्न अलोकतान्त्रिक र असंवैधानिक रुपमा प्रतिनिधिसभा विघटन गरेका ओलीले न्यायालय विघटन गर्न खोजेको टिप्पणी उनको रहेकोे छ ।

नेता पुनले प्रतिनिधिसभा विघटनलाई असंवैधानिक भन्ने चार पूर्वप्रधानन्यायाधीशलाई धम्की दिएकामा पनि आक्रोश व्यक्त गरे । ओलीले राज्य शक्तिको दुरुपयोग गरेर न्यायालय विघटन गर्न सक्ने भन्दै उनले सचेत रहन न्यायपालिकाको नेतृत्वलाई आग्रह गरे । ‘केपी ओलीले संसदमा दुई तिहाइ बहुमतसहितको विशाल पार्टी र प्रतिनिधिसभा विघटन गर्ने दुस्साहस गरेका छन् ।

आफूले भनेजस्तो नहुँदा न्यायालयलाई पनि विघटन गर्ने, स्वतन्त्र न्यायालयप्रतिको जनआस्थालाई विघटन गर्ने, न्यायपालिकाप्रतिको विश्वास घटाउने प्रयत्न गरेका छन्, नेकपाको प्रचण्ड–माधव नेपाल पक्षीय मजदुरहरुको उपत्यास्तरीय प्रशिक्षण कार्यक्रममा मन्त्री पुनले भने, ‘न्यायपालिकालाई धम्क्याउने, दबाब दिने र षड्यन्त्र गर्ने गतिविधि जारी छन् । यसमा न्यायमुर्तिहरु सचेत रहनुपर्छ ।’

ओली र ओली समूहका कोही नेताले सार्वजनिक स्थानबाट प्रतिनिधिसभा विघटन संविधानको कुन व्यवस्थाअनुसार गरेको भन्नेबारे बोल्न नसकेको भन्दै पुनले अदालतबाट प्रतिनिधिसभा पुर्नस्थापना हुने विश्वास व्यक्त गरे । पुनले जनताको भावनानअुसार न्याय निरुपण गर्नुपर्ने समय आएको चर्चा गर्दै न्यायालयप्रति आफूहरुको विश्वास रहेको उल्लेख गरे ।

ओलीको व्यक्तिगत महत्वाकांक्षा, स्वेच्छाचारिता र निरंकुशतालाई अदालतले सही ठह¥याउन नसक्ने उनको भनाइ छ । ‘न्यायपालिकाले ओलीको कलदमलाई बदर गरेर प्रतिनिधिसभा पुर्नस्थापना गर्छ । यो कदम सच्याउनुको विकल्पै छैन । संविधानले त्यसै भन्छ’, पुनले ।

न्यायलयले संविधानको संशोधन नभई भएको संवैधानिक व्यवस्थाको व्याख्या गर्ने भन्दै नेता पुनले कानून नबुझेको सामान्य मानिसले संविधान पढ्दा कतै पनि बहुमतको प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटनको अधिकार नराख्ने बताए । पुनले ओलीको अलोकतान्त्रिक र निरंकुश कदमप्रति खबरदारी थर्दै सडकबाटै सच्याउन बाध्य पारिने चेतावनी पनि दिए ।

ज्ञानेन्द्र शाहको निरंकुशता जनताको शक्तिका अगाडि नटिकेको चर्चा गर्दै पुनले ओलीको निरंकुता धेरै दिन नटिक्ने दाबी गरे ।
ओलीले आफू कामचलाउ प्रधानमन्त्री भइसकेपछि कामचलाउ मन्त्री नियुक्त गरेको र केही माओवादी जनयुद्धबाट र झापा आन्दोलनको क्रान्तिकारी विरासतबाट आएका मानिसहरु पनि ओलीको मन्त्री खान दौडिएको भन्दै उनले व्यंग्य गरे ।

 

प्रकाशित मिति : २६ पुस २०७७, आइतबार  ८ : २१ बजे

क्यान्सर परीक्षण गर्न काठमाडौं महानगर र वीर अस्पतालबीच सहकार्य

काठमाडौं । महिलाको स्तन र पाठेघरको मुखको क्यान्सरको निःशुल्क परीक्षण

सुनचाँदीको मूल्यमा सामान्य वृद्धि, तोलामा कति ?

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको

पृथ्वी राजमार्ग विस्तार : अझै करिब १०० बिजुलीका पोल सार्न बाँकी

धादिङ । पृथ्वी राजमार्ग विस्तारका काममा सडक दायाँवायाँ बिजुलीका पोल

अमेरिकी विमानवाहक युद्धपोतमा ३० घण्टासम्म आगलागी

काठमाडौं । अमेरिकाको सबैभन्दा ठूलो विमानवाहक युद्धपोत यूएसएस गेराल्ड आर

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा पर्यटक सूचना केन्द्र

पोखरा । नेपाल पर्यटन बोर्डले पोखरा अन्तराष्ट्रिय विमानस्थल, नागरिक उड्डयन