८ चैत्र २०८२, आइतबार | March 22, 2026

आफ्नै समर्थकहरुले हिंसा मच्चाउने ‘भय’पछि ट्रम्पद्वारा राजधानी वासिङ्गटन डिसीमा संकटकाल घोषणा



नवनिर्वाचित अमेरिकी राष्ट्रपति जो बाइडेनको सपथग्रहणको दिन नजिकिँदै जाँदा राजधानी वासिङ्गटन डिसीमा संकटकाल लगाइएको छ ।

जनवरी २० मा हुने सपथग्रहण समारोहमा हिंसा भड्किन सक्ने अवस्थालाई ध्यानमा राख्दै वासिङ्गटन डिसीमा गरिएको संकटकाल घोषणालाई राष्ट्रपति डोनाल्ड ट्रम्पले स्वीकृति प्रदान गरेका छन् ।

वासिंटन डिसीकी मेयरले आइतबार राष्ट्रपति ट्रम्पलाई पत्र लेखेर संकटकालको घोषणा स्वीकृत गर्न आग्रह गरेकी थिइन् ।

ह्वाइट हाउसका तर्फबाट जारी गरिएको वक्तब्यमा वासिंटन डिसी क्षेत्रमा संकटकालीन अवस्था विद्यमान रहेको र संकटकालीन अवस्थाका कारण वासिंटन डिसीमा संघीय सहायता परिचालनको अनुमति दिइएको उल्लेख गरिएको छ ।

बाइडेनको सपथग्रहणलाई निशाना बनाएर अमेरिकामा ५० राज्यमा सशस्त्र प्रदर्शनको तयारी भइरहेको अमेरिकी संघीय जाँच एजेन्सी एफबीआईएले जनाएको थियो । वासिंटन डिसीस्थित संसद भवन क्यापिटल हिल र ५० वटै राज्यमा रहेका संसद भवनमा १६ जनवरीदेखि २० जनवरीसम्म प्रदर्शनको तयारी भइरहेको एफबीआईको जनाएको छ ।

सपथग्रहणको दिनमा शान्ति सुरक्षाको अवस्थालाई ध्यानमा राखेर जनवरी ११ देखि २४ सम्म संकटकालको घोषणा गरिएको हो ।

अब बाइडेनको सपथग्रहण समारोहका लागि सुरक्षालाई ध्यानमा राख्दै संघीय सरकारबाट अतिरिक्त सहायता प्राप्त हुनेछ ।

जनवरी २४ सम्मका लागि वासिंटन डिसीमा सेनाको सहायता पनि मागिएको छ ।

उता, अमेरिकी संसदमा राष्ट्रपति ट्रम्प विरुद्ध महाअभियोगको प्रस्ताव दर्ता भएको छ । प्रस्तावमाथि बुधबारबाट छलफल हुने बताइएको छ । संसदको दुई तिहाई बहुमतबाट मात्रै महाअभियोग पारित हुनसक्छ ।

महाअभियोगको अभियोजनाकर्ता डेमोक्रयाट् सांसदहरुले संसद भवन क्यापिटल हिलमा जनवरी ६ मा भएको आक्रमणको मुख्य दोष ट्रम्पलाई लगाएका छन् । उनीहरुले सो हिंसात्मक आक्रमण ट्रम्पको उक्साहटमा भएको आरोप लगाएका छन् । यसैगरी महाअभियोग प्रस्तावमा ट्रम्पले राष्ट्रपतिको निर्वाचन परिणाम उल्टाउन जर्जियाका अधिकारीहरुलाई दबाब दिएको विषय पनि उल्लेख गरिएको छ ।

महाअभियोग लगाएर ट्रम्पलाई जनवरी २० अघि नै हटाउने प्रयास भए उनका समर्थकहरुले सशस्त्र प्रदर्शन गर्नसक्ने चेतावनी एफबीआईले दिएको छ ।

 

 

 

प्रकाशित मिति : २८ पुस २०७७, मंगलबार  ९ : ११ बजे

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण : अख्तियारद्वारा पुनः २१ जना विरुद्ध मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल

आठ महिनामा करिब ११ खर्ब व्यापार घाटा

काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ को दोस्रो चौमासिक अवधिसम्ममा

CFRD and GCD Deliver Panda Packs to 5,005 Students Across 56 Rural Nepali Schools

Kathmandu: week-long intensive educational mission across Nepal’s rural heartlands concluded

देशका १२३ वटा विद्यालयहरुमा ‘नबिल स्वच्छ खानेपानी अभियान’ संचालनमा

काठमाडौँ । नबिल बैंक लिमिटेडले विश्व पानी दिवसको अवसरमा ‘नबिल

युद्ध सुरु भएदेखि ८० हजार भन्दा बढी नागरिक स्थलमा आक्रमण

काठमाडौं । संयुक्त राज्य अमेरिका र इजरायलले इरानविरुद्धको युद्ध सुरु