१० कार्तिक २०८३, मंगलबार | October 27, 2026

आठ महिनामा करिब ११ खर्ब व्यापार घाटा



काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ को दोस्रो चौमासिक अवधिसम्ममा मुलुकले करिब रू ११ खर्बको व्यापार घाटा बेहारेको छ ।

भन्सार विभागले आज सार्वजनिक गरेको गत फागुन मसान्तसम्मको वैदेशिक व्यापारको तथ्याङ्कअनुसार उक्त अवधिमा कुल रू १४ खर्ब ४० अर्ब ३६ करोड २२ लाखको कुल वैदेशिक व्यापारमा मुलुकले रू १० खर्ब ९८ अर्ब १३ करोड ८२ लाख घाटा बेहोरेको हो । पछिल्लो आठ महिनामा रू १२ खर्ब ८९ अर्ब २५ करोडको आयात र रू एक खर्ब ९१ अर्ब ११ करोड २० लाख बराबरको निर्यात भएको विभागले जनाएको छ ।

गत आर्थिक वर्षको सोही अवधिको तुलनामा चालु आर्थिक वर्षमा आयात १२ दशमलव ५४ र निर्यात २९ दशमलव ८३ प्रतिशतले बढेको छ ।

गत फागुन मसान्तसम्ममा भारतसँगको व्यापार घाटा मात्र रू पाँच खर्ब ६७ अर्ब ३९ करोड छ । यस अवधिसम्ममा भारतबाट रू सात खर्ब २४ अर्ब छ करोडको वस्तु आयात भएको छ भने रू एक खर्ब ५६ अर्ब ६६ करोड बराबरको निर्यात भएको छ ।

त्यस्तै, छिमेकी मुलुक चीनसँग रू दुई खर्ब ७५ अर्ब ६६ करोड ७० लाखको आयात र रू ९८ करोड ३३ लाखको निर्यात हुँदा रू दुई खर्ब ६४ अर्ब ६८ करोड ३६ लाखको व्यापार घाटा व्यहोर्नुपरेको विभागले जनाएको छ । नेपालले बढी व्यापार घाटा बेहोरेका मुलुकमा अर्जेन्टिना तेस्रो, संयुक्त अरब इमिरेट्स चौथो र इन्डोनेसिया पाँचौँ स्थानमा छन् ।

नेपालको वैदेशिक व्यापारमा नाफा भएका मुलुकमा भने रोमानिया, नर्वे, आइसल्याण्ड, नाइजर, इराक, केन्यालगायत छन् । पछिल्लो आठ महिनामा रोमानियासँग रू ५० करोड ६५ लाख, नर्वेसँग रू तीन करोड ३३ लाख र आइसल्याण्डसँग रू दुई करोड ५७ लाख बराबर व्यापार नाफा देखिएको छ ।

यस अवधिमा पेट्रोलियम पदार्थको आयात सबैभन्दा बढी छ । विभागका अनुसार पछिल्लो आठ महिनामा रू ८२ अर्ब १० करोड ५१ लाखको डिजेल, रू ४३ अर्ब ८९ करोड ७३ लाखको पेट्रोल र रू ३७ अर्ब ३१ करोड ३७ लाख बराबरको एलपी ग्यास आयात भएको छ ।

त्यस्तै, रू ८१ अर्ब १८ करोड ६४ लाख बराबरको कच्चा भटमास तेल आयात भएको छ भने रू २९ अर्ब ९३ करोड ५९ लाख बराबरको स्मार्टफोन, रू ३६ अर्ब ८२ करोड ३० लाखको फलामजन्य वस्तु, रू २३ अर्ब ४९ करोड ६७ लाखको सुन, रू १८ अर्ब ४४ करोड ७८ लाखको चाँदी आयात भएको छ ।

नेपालले बढी निर्यात गरेका वस्तुमा भटमास तेल पहिलो स्थानमा छ । पछिल्लो आठ महिनामा रू ७५ अर्ब ७७ करोड ४१ लाख बराबरको भटमास तेल निर्यात भएको छ ।

त्यस्तै, रू नौ अर्ब ४९ करोड, ६१ लाखको अलैँची, रू छ अर्ब ५३ करोड ९६ लाखको कार्पेट, रू छ अर्ब २० करोड २३ लाखको सूर्यमुखी तेल, रू चार अर्ब ३२ करोडको पाम तेल निर्यात भएको छ ।

प्रकाशित मिति : ८ चैत्र २०८२, आइतबार  २ : ५९ बजे

दसैँ बिदामा १५ हजार बढी पर्यटकद्वारा सहिद स्मारक अवलोकन

बागमती । बागमती प्रदेशको राजधानी हेटौँडास्थित सहिद स्मारकको यस वर्षको

नेपालमा भारी वर्षाको जोखिम अझै टरेन, हिमाली क्षेत्रमा यात्रा गर्दा सावधानी अपनाउन आग्रह

काठमाडौं । चक्रवात ‘अर्नब’का कारण नेपालमा हुन सक्ने वर्षाबारे मौसम

बाढीपहिरोले पाइपलाइन बगाएपछि बेनीमा खानेपानीको समस्या

म्याग्दी । म्याग्दीको सदरमुकाम बेनी बजारमा खानेपानीको अभाव हुन थालेको

एनपीएलमा आज दुई खेल, चितवन-विराटनगर र जनकपुर-कर्णाली भिड्दै

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटअन्तर्गत मंगलबार दुई खेल

माथिल्लो सिद्धबाबामा बसको ठक्करबाट गुल्मीकी माँया कुँवरको मृत्यु, एकजना घाइते

बुटवल । पाल्पाको माथिल्लो सिद्दबाबा स्थित सिद्दार्थ राजमार्गमा भएको सवारी