८ चैत्र २०८२, आइतबार | March 22, 2026

भारतमा मोदी सरकारलाई सर्वोच्च अदालतको झड्का, कृषि कानून रोक्न अन्तरिम आदेश जारी



भारतको सर्वोच्च अदालत सुप्रीम कोर्टले नरेन्द्र मोदी सरकारले ल्याएको तीन वटा कृषि कानून लागु गर्न अन्तरिम रोक लगाएको छ ।
सुप्रीम कोर्टले अर्को आदेश नभएसम्मका लागि ती कानूनमा रोक लगाएको हो ।

गत वर्ष मोदी सरकारले पास गरेका यी तीन कानूनको विरोधमा भारतमा झण्डै दुई महिनादेखि हजारौं किसानले राजधानी दिल्ली केन्द्रित आन्दोलन गरिरहेका छन् । उनीहरुले दिल्लीसीमामा निरन्तर धर्नामा बसेर सरकारलाई दबाब दिइरहेका छन् ।

अदालतले यससम्बन्धमा किसानसँग वार्ताका लागि शक्तिशाली कमिटी समेत गठन गरेको छ । सो कमिटीमा बीएस मान, प्रमोद कुमार जोशी, अशोक गुलाटी और अनिल धनवंत सदस्य रहेका छन् ।

मुद्दामा सुनुवाइ गर्दै अदालतले प्रदर्शनकारी किसानलाई पनि सहयोग गर्न आग्रह गरेको छ । कृषि कानूनका कारण जारी गतिरोध समाधान गर्ने उद्देश्यले गठित समितिलाई कुनै शक्तिले रोक्न नसक्ने अदालतले जनाएको छ । सुनुवाई गर्दै मुख्य न्यायाधीस एसए बोबडेले आन्दोलनरत किसानहरु यस कमिटीसँग छलफलमा बसेर समस्या समाधानमा सहयोगी बन्नुपर्ने बताएका थिए । उनले कमिटीप्रति भरोसा नभए अनन्तकालसम्म आन्दोलन गर्ने उद्देश्य भए आन्दोलनमै बसे हुने स्पष्ट पारेका थिए ।

प्रकाशित मिति : २८ पुस २०७७, मंगलबार  २ : ५१ बजे

परम्परागत ज्ञान र आधनिक विज्ञानमार्फत हिमाली चरनभूमि संरक्षण गरिँदै

काठमाडौं । परम्परागत ज्ञान र आधुनिक विज्ञानमार्फत मुलुकका उच्च हिमाली

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण : अख्तियारद्वारा पुनः २१ जना विरुद्ध मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल

आठ महिनामा करिब ११ खर्ब व्यापार घाटा

काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ को दोस्रो चौमासिक अवधिसम्ममा

CFRD and GCD Deliver Panda Packs to 5,005 Students Across 56 Rural Nepali Schools

Kathmandu: week-long intensive educational mission across Nepal’s rural heartlands concluded

देशका १२३ वटा विद्यालयहरुमा ‘नबिल स्वच्छ खानेपानी अभियान’ संचालनमा

काठमाडौँ । नबिल बैंक लिमिटेडले विश्व पानी दिवसको अवसरमा ‘नबिल