४ पुस २०८२, शुक्रबार | December 20, 2025

अदालतको फैसला काँग्रेसले स्वीकार गर्छ : पूर्वमन्त्री भण्डारी



दमौली । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री शङ्कर भण्डारीले प्रतिनिधिसभा विघटन सम्बन्धमा सर्वोच्च अदालतले गर्ने फैसला काँग्रेसका लागि स्वीकार्य हुने बताएका छन् । तनहुँको म्याग्दे गाउँपालिका–३ कुलचौरमा आज आयोजित कार्यक्रममा पूर्वमन्त्री भण्डारीले अदालतको फैसलालाई काँग्रेसले सम्मान गर्ने बताएका हुन् ।

अदालतले जे फैसला गर्छ, काँग्रेसले त्यो मान्ने बताउँदै भण्डारीले काँग्रेस चुनावदेखि नडराउने उल्लेख गरे । प्रधानमन्त्रीको संसद् विघटन गर्ने कार्यले लोकतन्त्र खतरामा परेको भण्डारीले आरोप लगाए । वर्तमान सरकारसँग नेपाली जनताको ठूलो आशा रहेको बताउँदै भण्डारीले सरकारले जनतालाई निराश बनाएको टिप्पणी गरे ।

भण्डारीले काँग्रेसमा जनताको आकर्षण बढेकाले ठूलो पार्टी बनाउन अहिलेदेखि नै तयारी थाल्नुपर्ने बेला आएको बताए । पूर्वमन्त्री भण्डारीले काँग्रेसमा पनि कमी कमजोरी रहेकाले त्यसलाई सुधार्दै अगाडि बढ्नुको विकल्प नभएको बताए ।

प्रकाशित मिति : २८ पुस २०७७, मंगलबार  ८ : ४२ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको