३ चैत्र २०८२, मंगलबार | March 17, 2026

अदालतको फैसला काँग्रेसले स्वीकार गर्छ : पूर्वमन्त्री भण्डारी



दमौली । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री शङ्कर भण्डारीले प्रतिनिधिसभा विघटन सम्बन्धमा सर्वोच्च अदालतले गर्ने फैसला काँग्रेसका लागि स्वीकार्य हुने बताएका छन् । तनहुँको म्याग्दे गाउँपालिका–३ कुलचौरमा आज आयोजित कार्यक्रममा पूर्वमन्त्री भण्डारीले अदालतको फैसलालाई काँग्रेसले सम्मान गर्ने बताएका हुन् ।

अदालतले जे फैसला गर्छ, काँग्रेसले त्यो मान्ने बताउँदै भण्डारीले काँग्रेस चुनावदेखि नडराउने उल्लेख गरे । प्रधानमन्त्रीको संसद् विघटन गर्ने कार्यले लोकतन्त्र खतरामा परेको भण्डारीले आरोप लगाए । वर्तमान सरकारसँग नेपाली जनताको ठूलो आशा रहेको बताउँदै भण्डारीले सरकारले जनतालाई निराश बनाएको टिप्पणी गरे ।

भण्डारीले काँग्रेसमा जनताको आकर्षण बढेकाले ठूलो पार्टी बनाउन अहिलेदेखि नै तयारी थाल्नुपर्ने बेला आएको बताए । पूर्वमन्त्री भण्डारीले काँग्रेसमा पनि कमी कमजोरी रहेकाले त्यसलाई सुधार्दै अगाडि बढ्नुको विकल्प नभएको बताए ।

प्रकाशित मिति : २८ पुस २०७७, मंगलबार  ८ : ४२ बजे

क्यान्सर परीक्षण गर्न काठमाडौं महानगर र वीर अस्पतालबीच सहकार्य

काठमाडौं । महिलाको स्तन र पाठेघरको मुखको क्यान्सरको निःशुल्क परीक्षण

सुनचाँदीको मूल्यमा सामान्य वृद्धि, तोलामा कति ?

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको

पृथ्वी राजमार्ग विस्तार : अझै करिब १०० बिजुलीका पोल सार्न बाँकी

धादिङ । पृथ्वी राजमार्ग विस्तारका काममा सडक दायाँवायाँ बिजुलीका पोल

अमेरिकी विमानवाहक युद्धपोतमा ३० घण्टासम्म आगलागी

काठमाडौं । अमेरिकाको सबैभन्दा ठूलो विमानवाहक युद्धपोत यूएसएस गेराल्ड आर

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा पर्यटक सूचना केन्द्र

पोखरा । नेपाल पर्यटन बोर्डले पोखरा अन्तराष्ट्रिय विमानस्थल, नागरिक उड्डयन