११ बैशाख २०८१, मंगलबार | April 23, 2024

आजको मौसम : १ र गण्डकी प्रदेशमा हल्का वर्षाको सम्भावना, धेरैजसो स्थानमा आंशिक बदली



काठमाडौं । हाल देशभरको मौसममा पश्चिमी वायु र स्थानिय वायुको सामान्य प्रभाव रहेको छ । हाल देशका पहाडी भू-भागको मौसममा आंशिक बदली रहेको छ । तराईका भू-भागमा हल्का हुसु र कुहिरो लागेको छ ।

आज काठमाडौंको न्युनतम तापक्रम ५ डिग्री सेल्सियस रहेको छ भने अधिकतम तापक्रम १७ डिग्री सेल्सियस पुग्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

आज दिउँसो प्रदेश १, प्रदेश २ र बागमती प्रदेशको मौसममा आंशिकदेखि सामान्य बदली हुने सम्भावना रहेको छ । सुदूरपश्चिम प्रदेश र लुम्बिनी प्रदेशका तराईका भू-भागको मौसममा आंशिक बदली रहने सम्भावना छ ।

देशका अन्य भू-भागहरुको मौसम सामान्यतया सफा रहने सम्भावना देखिएको छ । प्रदेश १ र गण्डकी प्रदेशका एक, दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

त्यसैगरी आज राती प्रदेश नं १, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका धेरैजसो भू-भागको मौसममा आंशिकदेखि सामान्य बदली रहने सम्भावना देखिएको छ ।

देशका अन्य भू-भागको मौसममा आंशिक बदली हुने सम्भावना छ । प्रदेश नं १ का एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

प्रकाशित मिति : १ माघ २०७७, बिहिबार  ६ : ५१ बजे

गगन थापा भन्छन्- लोकतन्त्रको विकल्प समुन्नत लोकतन्त्र नै हो

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले लोकतन्त्र दिवसको शुभकामना

बुटवलमा ३ दिने भलिबल प्रतियोगिता शुरु

बुटवल । बुटवलमा आजदेखि तिन दिने भलिबल प्रतियोगिता शुरु भएको

राष्ट्रिय युवा संघ नेपाल, रुपन्देहीद्वारा रक्तदान कार्यक्रम सम्पन्न

बुटवल । राष्ट्रिय युवा संघ नेपाल, रुपन्देहीको आयोजनामा बुटवलमा रक्तदान

कतारका अमिर शीतल निवासमा, राष्ट्रपति पौडेलसँग भेटवार्ता सुरु

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र कतारका अमिर शेख तमिम