१६ चैत्र २०८०, शुक्रबार | March 29, 2024

सार्वभौमिकताको रक्षाका लागि राष्ट्रिय एकता आवश्यक : प्रदेश प्रमुख शेरचन



पोखरा । गण्डकी प्रदेश प्रमुख अमिक शेरचनले राष्ट्रिय एकता र राष्ट्रिय सहमतिबाट मात्रै राष्ट्रियता र सार्वभौमिकताको रक्षा गर्न सकिने बताएका छन् ।

थकाली समुदायको नयाँ वर्ष २१४८ ल्हाङ ल्हो ९गाई वर्ग०को अवसरमा तीन गाउँले थकाली सेवा समाजद्वारा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा प्रदेश प्रमुख शेरेचनले देशमा विकसित पछिल्लो घटनाक्रमले राष्ट्रिय एकताको आवश्यकता अझ बढेर गएको बताए ।

राष्ट्र र राष्ट्रिय अखण्डताको रक्षाका लागि आफूले कैयन यातना सहेको उल्लखे गर्दै प्रदेश प्रमुख शेरचनले भने, “यो बेला धमिलो पानीमा माछा मार्न सकिन्छ भनेर कसैले सपना देखेको छ भने त्यसलाई आम नेपालीको एकताले पराजित गर्नुपर्छ ।”

नेपालका सबै जातजाति र समुदायको एकताले मात्र राष्ट्रियता बलियो हुने बताउँदै शेरेचनले कुनै पनि किसिमको विदेशी हस्तक्षेप सार्वभौम देशका लागि सह्य नहुने उल्लेख गरे । आदिवासी जनजातिका भाषा, धर्म, संस्कार र संस्कृतिको विकासमा राज्यले विशेष भूमिका खेल्नुपर्ने आवश्यकता औँल्याउँदै उनले असमानता र विभेदका विरुद्ध धेरै आन्दोलन भएको बताए ।

प्रतिनिधिसभाका सदस्य प्रेमप्रसाद तुलाचनले तीन गाउँले थकाली समुदायको थातथलो रहेको मुस्ताङको विकासका लागि आफूले उच्च महत्वका साथ पहल गर्दै आएको जानकारी दिए ।

त्यसक्रममा संविधानसभा सदस्य श्रीमाया थकाली, गण्डकी प्रदेशसभाको विधायन समितिका सभापति मोहन रेग्मी, प्रदेशसभा सदस्य इन्द्रधारा विष्ट, नेपाल आदिवासी जनजाति महासङ्घका उपाध्यक्ष गणेशलाल थकाली लगायतले शुभकामना मन्तव्इ दिएका थिए ।

प्रकाशित मिति : २ माघ २०७७, शुक्रबार  ११ : २४ बजे

राजस्व बाँडफाँटका सूचकहरू पुनरावलोकन भइरहेका छन् : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी आर्थिक वर्षमा तीन

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले राज्यका सबै

पाल्पा ख्याहाकी १९ वर्षीया पद्मा सुनारको हत्या गर्ने सार्वजनिक

तानसेन । पाल्पाको रिब्दिकोट गाउँपालिका १ ख्याहाकी १९ वर्षीया पद्मा

कपनबाट पेस्तोलसहित एकजना पक्राउ

काठमाडौं । नेपाल प्रहरीले कपन क्षेत्रबाट पेस्तोलसहित एकजनालाई पक्राउ गरेको

भारतमा ट्याक्सी दुर्घटना हुँदा दशको मृत्यु

भारत । भारतको जम्मु र श्रीनगर राष्ट्रिय राजमार्गमा पर्ने गहिरो