१२ बैशाख २०८१, बुधबार | April 24, 2024

नबिल बैंकको ३६औं वार्षिक साधारणसभा सम्पन्न, ३५.२६ प्रतिशत लाभांश बाँढ्ने



काठमाडौं । नबिल बैंकले आफ्ना शेयरधनीहरुलाई ३५ दशमलव २६ प्रतिशत लाभांश वितरण गर्ने भएको छ ।

गत पुष २९ गते बसेको बैंकको ३६औं साधारणसभाले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट लाभांश दिने प्रस्ताव पारित गरेको हो ।

आ.व. २०७६/७७ मा निजी क्षेत्रका बैंकहरुमध्ये उच्चतम मुनाफा ३ अर्ब ४६ करोड रुपैयाँ हासिल गर्न बैंक सफल भएको छ । बैंकले जेथामा प्रतिफल १३.६१ प्रतिशत र प्रति शेयर आम्दानी ३६.१६ हासिल गरी आफ्नो वासलात विस्तार गर्दै रु. २ खर्ब ३७ अर्ब पु-याएको छ । समीक्षा बर्षको मुनाफाबाट प्रस्तावित बोनस शेयर पश्चात बैंकको शेयर पूँजी यस बर्ष १३ अर्ब ४८ करोड नाघेको छ ।

साधारणसभाबाट सर्वसाधारण शेयरधनी समुहको प्रतिनिधित्व गर्दै अनन्त पौड्याल तथा प्रविन टिवडेवाला निर्विरोध चयन भएका छन् ।

त्यसअघि साधारणसभामा आफ्नो मन्तव्य राख्दै अध्यक्ष उपेन्द्रप्रसाद पौड्यालले बैंकले नेपालको बैकिङ्ग क्षेत्रलाई आधुनिकीकरण गर्न, देशको व्यवसायीक एवं औद्योगिक गतिविधिहरुलाई गतिशिलता प्रदान गर्न, देशमा रोजगारीका अवसरहरु सिर्जना गर्न सहयोगीको भूमिका निर्वाह गर्न तथा सरकारी कोषमा कर मार्फत योगदान पु-याउन सफल भएको बताए ।

त्यसक्रममा उनले भने, ‘हामी ठूलो बैंकसँगै राम्रो र विश्वसनीय बैंक कायम रहिरहने लक्ष्यमा छौं । बैंकले संस्थागत सुशासन र ग्राहक सन्तुष्टिलाई उच्च प्राथमिकतामा लागेको छ । बैंकले स्थापनाकाल देखि हालसम्म २१ अर्ब भन्दा बढी रकम देशको राजश्वमा योगदान गरिसकेको छौं ।’

विगत तीन दशकभन्दा बढी निरन्तर सेवा प्रदान गर्दै नबिल बैंक नेपालको अग्रणी वाणिज्य बैंकको रुपमा स्थापित हुन सफल भएको छ ।देशभर नबिल बैंकका ११९ वटा शाखाहरु, १८५ वटा एटिएम रहेका छन् । यसैगरी १५ सय भन्दा बढी नबिल रेमिट एजेन्टहरुका साथ देशभर र विश्वभर धेरै एजेन्टहरुमार्फत बैंकले सेवा प्रदान गरेर आफ्ना सबै ग्राहकहरुको विश्वास जित्दै आएको छ ।

प्रकाशित मिति : २ माघ २०७७, शुक्रबार  १२ : २२ बजे

सूर्य नेपाल काठमाडौं ओपन – दोस्रो दिन दिनेश र भुवन शीर्षस्थानमा

काठमाडौं । सूर्य नेपाल गल्फ टुर २०२३-२४ अन्तर्गतको सातौं प्रतियोगिता,

बुटवलमा रहेको सिद्धबाबा हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालि ७ औं वर्षमा प्रवेश

बुटवल । युवा विशेषज्ञ चिकित्सकहरुको लगानीमा स्थापना भएको बुटवलमा सञ्चालित

महोत्तरीको मटिहानीमा सयौ घर जलेर नष्ट, आगो अझैँ नियन्त्रण बाहिर

महोत्तरी । महोत्तरीको मटिहानी नगरपालिकाको वडा नं.६ स्थित जरलहवा गाछीमा

रविको दाबी – हरेक महिना ठूलो भ्रष्टाचारीलाई पक्रन्छु भनेको छु, सप्राइज कुरेर बस्नु होला

इलाम । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं गृहमन्त्री रवि

तिलोत्तमाको जंगलमा डढेलो निभाउन गएको दमकल आफै जलेर ध्वस्त

बुटवल । रुपन्देहीमा डढेलो निभाउन गएको एक दमकल आफै डढेलोको