१० चैत्र २०८२, मंगलबार | March 24, 2026

नेपाल-भारत परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोग बैठक नयाँ दिल्लीमा



काठमाडौं । नेपाल र भारतका परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको बैठक जारी छ ।

भारतको राजधानी नयाँ दिल्लीस्थित हैदराबाद हाउसमा आयोगको छैठौं बैठक बसेको हो ।

बैठकमा बैठकमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र भारतीय पक्षको नेतृत्व विदेशमन्त्री एस जयशंकरले गरेका छन् । नेपाली प्रतिनिधिमण्डमा परराष्ट्रसचिव भरतराज पौड्याल, स्वास्थ्य सचिव लक्ष्मण अर्याललगायतका पदाधिकारी पनि छन् ।

बैठकमा दुवै तर्फका तीन दर्जन बढी एजेण्डामा छलफल केन्द्रित हुने बताइएको छ । परराष्ट्रमन्त्रीस्तरीय आयोग दुई पक्षीय संयन्त्रमध्ये सबैभन्दा उपल्लो तहको मानिन्छ । त्यसैले नेपालले सीमा लगायत सबै विषयमा खुलेर छलफल हुनेबताएको छ । तर, भारतले भने सीमा सम्बन्धी विषयलाई बैठकको प्राथमिकतामा राखेको छैन । भारतीय विदेशमन्त्रालय प्रवक्ता अनुराग श्रीवास्तवले बिहीबार नै सीमा सम्बन्धी विषयमा छलफल गर्ने छुट्टै संयन्त्र रहेको भनेर भारतको धारणा प्रष्ट पारेका थिए ।

बैठकमा कोरोना खोप, सीमा सुरक्षा, ऊर्जा, यातायात, रेललगायत पूर्वाधारका विशेषमा पनि विस्तृत रूपमा छलफल हुने बताइएको थियो । भारतमा उत्पादन भएको कोरोना खोप नेपालले अनुदान र खरिद गर्ने विषयमा समेत सहमति हुनेछ । नेपालले इपीजीको प्रतिवेदनमाथि समेत छलफल गर्न चाहेको छ । तर, यस एजेण्डामा पनि भारतले छलफल गर्न अनिच्छा देखाएको छ । बैठकमा दुई पक्षीय संयन्त्रहरूमा हालसम्म भएका प्रगति र सुल्झिन बाँकी विषयमाथि समीक्षा हुनेछ ।

आयोगको बैठक बस्नुअघि परराष्ट्रमन्त्री ज्ञवाली र भारतीय विेदशमन्त्री जयशंकरबीच भेटवार्ता भएको थियो ।

आयोगको बैठकमा भाग लिन मन्त्री ज्ञवाली बिहीबार दिउँसो नयाँदिल्ली पुगेका थिए ।

प्रकाशित मिति : २ माघ २०७७, शुक्रबार  १ : ४९ बजे

विश्व क्षयरोग दिवस : जनचेतनामूलक कार्यक्रम गरी मनाइँदै

काठमाडौं । ‘हो ! हामी क्षयरोग अन्त्य गर्छौँ : राष्ट्रिय

डोटीमा बोलेरो दुर्घटना हुँदा दुई जनाको मृत्यु

डोटी । यहाँको आदर्श गाउँपालिका-६ रौसेल्ला खोला नजिक मौवा-गिरीचौकको कच्ची

आजको मौसम : कोशी, गण्डकी र कर्णाली प्रदेशमा हल्का वर्षाको सम्भावना

काठमाडौं । हाल नेपालमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक

भूमि आयोगद्वारा नेपालगन्जमा जग्गा नापजाँच सुरु

नेपालगन्ज । भूमि समस्या समाधान आयोग जिल्ला समिति बाँकेले नेपालगञ्ज

मध्यपूर्व क्षेत्रमा हवाई क्षेत्र प्रतिबन्धका कारण छवटा उडान रद्द

काठमाडौँ । मध्यपूर्व क्षेत्रमा हवाई क्षेत्र प्रतिबन्धका कारण आज त्रिभुवन