५ कार्तिक २०८३, बिहिबार | October 22, 2026

कर्तव्य ज्यान मुद्दाका बाल बिज्याईकर्ता पक्राउ



बुटवल । गत चैत्र ३ गते बीभत्स तरिकाले हत्या गरिएकी रुपन्देही शुद्धोधन गाउँपालिका वडा नं.१ शिसैकी स्थानीय ६० वर्षिया रेनु पटवारको हत्यामा संलग्न एक बालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

गत चैत्र ३ गते गते बिहान करिब ७ बजे अनुहार, टाउको, हात र घांटी लगायत शरिरको बिभिन्न भागमा धारिलो हतियारले प्रहार गरि बीभत्स तरिकाले हत्या गरिएको अबस्थामा आफ्नै पसल अगाडी रेनु पटवार फेला परेकी थिइन् । हत्याका सम्बन्धमा इलाका प्रहरी कार्यालय बुटवल रुपन्देहीबाट डीएसपी निशान्त श्रीवास्तव र इलाका प्रहरी कार्यालय रन्यौरा, रुपन्देहीबाट प्रहरी निरक्षिक प्रल्हाद के.सी. को कमाण्डको प्रहरी टोलीले हत्या भएको ६ दिनपछि हत्यामा संलग्न भएको अभियोगमा एक बालकलाई नियन्त्रणमा लिएको हो ।

हत्याका सम्बन्धमा निरन्तर थप अनुसन्धान तथा सोधपुछ गर्दै जाँदा मृतक रेनु पटवारलाई चैत्र २ गते राती अन्दाजी ११ बजेको समयमा बर्ष १६ का ती बालकले सोही पसलमा भएको कैंचीले निजको अनुहार, टाउको, घांटी लगायत विभिन्न भागमा बीभत्स तरिकाले प्रहार गरी फरार भएको खुलेको प्रहरीले जनाएको छ ।

चुरोट खरिद गर्ने क्रममा बादबिवाद हुँदा कर्तव्य गरी मारी कैंची घटनास्थलमा नै छाडि फरार भएका बालकलाई प्रहरीले आज नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डीएसपी श्रीवास्तवले बताए । कानूनको विवादमा परेका बालकलाई रुपन्देही जिल्ला अदालतबाट ५ दिनको म्याद थप भई थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ९ चैत्र २०८२, सोमबार  १० : २१ बजे

साउदी अरबको तेल क्षेत्रमा ड्रोन आक्रमण हुँदा एक नेपालीसहित दुईको मृत्यु

काठमाडौं । साउदी अरबको तेल क्षेत्रमा ड्रोनलाई हवाई रक्षा प्रणालीले

तनहुँ हाइड्रोको जलाशयबाट प्रभावित चार झोलुङ्गे पुल पुनर्निर्माण हुने

तनहुँ । तनहुँमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको

अस्ट्रेलियाको संसद् भवनमा पहिलोपटक नेपाली चलचित्र ‘एलिफेन्ट इन द फग’ प्रदर्शन गरिँदै

अस्ट्रेलियाको संसद् भवनमा पहिलोपटक नेपाली चलचित्र ‘एलिफेन्ट इन द फग’

दशैँ टीकाको दोस्रो दिन, आज पनि मान्यजनबाट टीका-जमरा ग्रहण गरिँदै

बुटवल । बडादसैँको टीकाको दोस्रो दिन आज पनि आफन्त तथा

मैथिल परम्पराको रावणवध उत्सव सम्पन्न

महोत्तरी । शारदीय दशहरा अर्थात् विजया दशमीका दिन मिथिलामा मनाइने