२ चैत्र २०८२, सोमबार | March 17, 2026

प्रतिनिधिसभा विघटन असंवैधानिक भएको ओली स्वयंले स्वीकार गरिसके : काँग्रेस नेता पौडेल



काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओली स्वयंले प्रतिनिधिसभा विघटनलाई असंवैधानिक भएको स्वीकार गरेको दाबी गरेका छन् ।

काँग्रेस वरिष्ठ नेता पौडेलले भिडियो अपील जारी गर्दै प्रतिनिधिसभा विघटन राजनीतिक विषय भएको भन्दै प्रधानमन्त्री ओलीले असंवैधानिक काम गरेको स्वीकार गरेको बताएका हुन् । पौडेलले भनेका छन्, ‘प्रधानमन्त्री ओली आफैँ भनिरहेका छन् – यो विधि विधानको कुरा होइन। यो त राजनीतिक निर्णय हो। उनले आफूले वैधानिक काम गरेको छैन भन्ने कुरा आफैँले स्वीकार गरेका छन्।’

पौडेलले यस्तो असंवैधानिक कदम विरुद्ध सशक्त संघर्षमा उत्रिएर प्रतिवाद गर्नुको विकल्प नभएको पौडेलले जिकिर गरेका छन् । उनले प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्री ओलीको कदमविरूद्ध नेता कार्यकर्तालाई संघर्षमा उत्रिन आग्रह गरेका छन् ।

ओलीको यस्तो संवैधानिक कदमले देशलाई अन्धकारतर्फ लैजाने जिकिर गर्दै पौडेलले भनेका छन्, ‘प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्री ओलीको कदमविरूद्ध डटेर विरोध प्रदर्शन गरौं,’

काँग्रेस वरिष्ठ नेता पौडेलले प्रतिनिधि सभा विघटनले संविधानमा क्षति पुर्‍याएको र व्यवस्थामाथि प्रहार गरेको बताउँदै ७० वर्ष लगाएर बनाएको संविधान र व्यवस्थामा प्रहार भएको जनाएका छन् ।

नेता पौडेलले जनताको आवाजलाई अदालतले सुन्नुपर्ने बताएका छन् । उनले भनेका छन्, ‘जनताले विरोधमा आवाज उठाउन सके अदालतमा पुग्छ। ओलीको कदम समयमै सच्याउनुपर्छ। नसच्चिँदा अनर्थ हुन्छ । त्यसैले ‘कम्मर कसेर सक्रियापूर्वक स्थानीय तहहरूबाट सशक्त आवाज उठाऔं।’

प्रकाशित मिति : २ माघ २०७७, शुक्रबार  २ : ०४ बजे

स्थानीयबीच कुटाकुट हुँदा एक जनाको मृत्यु

बाजुरा । यहाँको स्वामीकार्तिक खापर गाउँपालिका– २ मा स्थानीयबीच कुटाकुट

काठमाडौँ उपत्यकासहित देशका धेरै ठाउँमा हुरीबतास, चट्याङ र वर्षा

काठमाडौँ । मौसम बदलीसँगै काठमाडौँ उपत्यकासहित आज देशका धेरै ठाउँमा

छोराछोरीसहित बेपत्ता महिलाको शव भेटियो, छोराछोरी अझै बेपत्ता

सुर्खेत । आइतबार बिहानदेखि भेरी नदीमा छोराछोरीसहित बेपत्ता भएकी गुर्भाकोट

गैरकानुनी कार्य गर्ने १४ औषधि पसल विरुद्ध मुद्दा दर्ता

नेपालगन्ज । औषधि व्यवस्था विभागको शाखा कार्यालय नेपालगन्जले ४४१ वटा

नेपालको विकास र समृद्धिमा सक्रिय रूपमा सहभागी हुन गैरआवासीय नेपालीलाई प्रधानमन्त्रीको आह्वान

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले वैदेशिक लगानीलाई उत्पादनमूलक क्षेत्रमा आकर्षित