१३ बैशाख २०८१, बिहिबार | April 26, 2024

प्रधानमन्त्री ओलीलाई योगेश भट्टराईको जवाफ : ‘तपाईंको स्तर थाहा पाएँ खुशी लाग्यो’



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल पक्षका नेता योगेश भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ट्वीटमार्फत् उत्तर दिएका छन् ।

प्रदेश १ को सम्पर्क कमिटीको भेलालाई काठमाडौंमा शनिबार सम्बोधन गर्दै ओलीले भट्टराईप्रति लक्षित गर्दै ‘बैगुनी केटो’को संज्ञा दिएका थिए । ओलीले योगेशको नाम नलिई ‘बैगुनी केटो’को संज्ञा दिएका थिए ।

प्रदेश १ मै पनि बैगुनी निस्किएको भन्दै त्यसले केही फरक नपर्ने उनको भनाइ थियो ।

प्रधानमन्त्रीको सोही अभिव्यक्तिपछि भट्टराईले ट्वीट गर्दै भनेका छन् ‘केटाकेटीकै केटा र केटीहरूको रगत, पसिना र मेहनतको जगमा खडा भएको व्यवस्थामै यहाँले कुर्सी प्राप्त गर्नुभएको हो । केटो भनी पाउँदा मलाई दुःख छैन । तपाईँको स्तर थाहा पाएँ, खुशी लाग्यो’ ।

प्रकाशित मिति : ४ माघ २०७७, आइतबार  ७ : ४९ बजे

टोपबहादुर रायमाझीलाई धरौटीमा छोड्न सर्वोच्च अदालतबाट अस्वीकार

काठमाडौं । सर्वोच्च अदालतले एमालेका नेता टोपबहादुर रायमाझीलाई धरौटीमा छोड्न

बजारमा निम्न गुणस्तरको वाईवाई चाउचाउ, चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौँ महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

पूर्वमन्त्री आलमलाई जन्मकैदको सजाय

काठमाडौं । पूर्वमन्त्री मोहम्मद अफताब आलमलाई जन्मकैदको सजाय भएको छ

एएचजेड यूके युनिभर्सिटी रिप्रेजेन्टेटिभको नयाँ शाखा बुटवलमा सञ्चालन

बुटवल । अध्ययनका लागि बेलायत जाने विद्यार्थीहरुलाई लक्षित गरि बुटवलमा

भीम रावलले गरे एमाले छोड्ने संकेत !

काठमाडौं । नेकपा एमालेका नेता एवं पूर्व उपप्रधानमन्त्री डा. भीम