१ भदौ २०८३, सोमबार | August 17, 2026

प्रधानमन्त्री ओलीलाई योगेश भट्टराईको जवाफ : ‘तपाईंको स्तर थाहा पाएँ खुशी लाग्यो’



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल पक्षका नेता योगेश भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ट्वीटमार्फत् उत्तर दिएका छन् ।

प्रदेश १ को सम्पर्क कमिटीको भेलालाई काठमाडौंमा शनिबार सम्बोधन गर्दै ओलीले भट्टराईप्रति लक्षित गर्दै ‘बैगुनी केटो’को संज्ञा दिएका थिए । ओलीले योगेशको नाम नलिई ‘बैगुनी केटो’को संज्ञा दिएका थिए ।

प्रदेश १ मै पनि बैगुनी निस्किएको भन्दै त्यसले केही फरक नपर्ने उनको भनाइ थियो ।

प्रधानमन्त्रीको सोही अभिव्यक्तिपछि भट्टराईले ट्वीट गर्दै भनेका छन् ‘केटाकेटीकै केटा र केटीहरूको रगत, पसिना र मेहनतको जगमा खडा भएको व्यवस्थामै यहाँले कुर्सी प्राप्त गर्नुभएको हो । केटो भनी पाउँदा मलाई दुःख छैन । तपाईँको स्तर थाहा पाएँ, खुशी लाग्यो’ ।

प्रकाशित मिति : ४ माघ २०७७, आइतबार  ७ : ४९ बजे

बागमतीमा नयाँ सरकार गठनका लागि दाबी पेस गर्न आह्वान

हेटौँडा । बागमती प्रदेशका प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले नयाँ सरकार

काभ्रे जीप दुर्घटनाः मृतकको पहिचान खुल्यो, घाइतेलाई धुलिखेल अस्पताल ल्याइयो

काभ्रेपलाञ्चोक । खानीखोला गाउँपालिका–१ स्याउथलीमा आज मध्याह्न भएको जीप दुर्घटनामा

परराष्ट्रको ‘नेपाली नागरिकको उद्धार तथा शव फिर्ती कार्यविधि’ अर्थमा

काठमाडौं । परराष्ट्र मन्त्रालयले विदेशमा रहेका नेपाली नागरिकको उद्धार तथा

३५० रुपैयाँको सामान किनेका उपभोक्ताले जितो १० लाखको बम्पर उपहार

काठमाडौं । करदाता प्रोत्साहन कार्यक्रमअन्तर्गत साउनको दोस्रो पाक्षिक पुरस्कारका विजेताहरू

लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सभाबाट विश्वासको