१० चैत्र २०८२, मंगलबार | March 24, 2026

सुभाष नेम्वाङको यूटर्न देखेर राजनीतिशास्त्री लोकराज बराल भए अचम्मित



काठमाडौं । राजनीतिशास्त्रका प्राध्यापक लोकराज बरालले सुवास नेम्वाङको यूटर्न देखेर अचम्म लागेको जनाएका छन् ।

विगतमा नेम्वाङले प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गर्न नपाउने बताउँदै आएका थिए । तर, प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि लामो समयसम्म मौन बसेका थिए ।

नेम्वाङले शनिबार ओली पक्षीय नेकपाको १ नं. प्रदेशस्तरीय कार्यकर्ता भेलालाई काठमाडौंमा सम्बोधन गर्दै संसदीय शासन प्रणालीमा विशेष अधिकारको विषय उठाएर प्रधानमन्त्रीले विघटन गरेको भन्दै प्रधानमन्त्रीको कदमको बचाउ गरेका थिए ।

नेम्वाङको यही दुई थरी कुरा सुनेपछि अचम्मित भएका प्राध्यापक बरालले आइतबार ट्वीट गर्दै भनेका छन्,
‘सुभाष नेम्वाङले युटर्न गरेको देखेर राजनीति यस्तै हुँदो रहेछ भन्ने लाग्यो ।’

डेढ वर्षअगाडि मात्रै नेम्वाङले संसदीय पत्रकारहरुलाई गरेको सम्बोधनमा नेपालको संविधान, २०७२ मा प्रधानमन्त्रीलाई संसद् विघटन गर्ने अधिकार नभएको बताएका थिए । नेम्वाङको सो भिडियो यतिबेला भाइरल बनेको छ ।

प्रकाशित मिति : ४ माघ २०७७, आइतबार  १० : ३८ बजे

सुनको मूल्य आजपनि घट्यो, चाँदीमा भने सामान्य वृद्धि

काठमाडौं । स्थानीय बजारमा सुनको मूल्य आज पनि घटेको छ।

काम नगर्ने ठेकेदारलाई कारबाही अघि बढायो टेम्केमैयुङले

भोजपुर । भोजपुरको टेम्केमैयुङ गाउँपालिकाले ठेक्का सम्झौताअनुसार निर्माण नगर्ने ठेकेदारलाई

महिलाको हत्या अभियोगमा किशोर पक्राउ

भैरहवा । शुद्धोधन गाउँपालिका-१ सिसइचोककी ६० वर्षीया रेनु पटवाको हत्या

रास्वपा केन्द्रीय समितिको बैठक आगामी बिहीबार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलको नेतासम्बन्धी विषयमा

चितवन राष्ट्रिय निकुञ्जमा सुरक्षार्थ तालिमप्राप्त कुकुर परिचालन

चितवन । चितवन राष्ट्रिय निकुञ्जले सुरक्षाका लागि प्रविधिको प्रयोगमा ल्याएको