१४ फाल्गुन २०८२, बिहिबार | February 26, 2026

काठमाडौंको विद्युतीय तार भूमिगत गर्ने कार्य विस्तार



काठमाडौं । काठमाडौंमा विद्युतीय तार भूमिगत गर्ने कार्य विस्तार गरिएको छ । तेस्रो चरणमा तार भूमिगत गर्ने कार्यका लागि नेपाल विद्युत् प्राधिकरणले ठेक्का सम्झौता गरेपछि अझ विस्तार हुने भएको हो ।

प्राधिकरणका प्रवक्ता मदन तिम्सिनाले तेस्रो चरणमा जोरपाटी, साँखु, पेप्सीकोला टाउन प्लानिङ, कलङ्की, कीर्तिपुर, कुलेश्वर, बानेश्वरलगायतका क्षेत्रमा बिजुलीको तार भूमिगत गर्न ठेक्का सम्झौता भएको जानकारी दिए ।

तीन वर्षभित्र काम सम्पन्न गर्ने गरी भारतीय कम्पनी एलएनटी कन्स्ट्रक्सनसँग सम्झौता भएको हो । प्राधिकरणले काठमाडौँको विद्युत् प्रणाली क्षमता अभिवृद्धि तथा सहरी क्षेत्रमा विद्युतीय जोखिम न्यून गर्ने उद्देश्यसहित सुरु गरेको विद्युत्को तार भूमिगत गर्ने कार्य धमाधम भइरहेको छ ।

प्राधिकरणले पूर्व-उत्तर, मध्य-पश्चिम र पश्चिम क्षेत्र गरी तीन चरण र क्षेत्र विभाजन गरी काठमाडौँमा बिजुलीको तारलाई अहिले भूमिगत गर्ने काम गरिरहेको छ । यी तीन चरणमध्ये पूर्व-उत्तर, मध्य-पश्चिम क्षेत्रमा भूमिगत गर्ने कार्य सुरु भइसकेको छ भने पश्चिम क्षेत्रका लागि अहिले सम्झौता भएको प्रवक्ता तिम्सिनाले बताए ।

पूर्व-उत्तर क्षेत्र चरणअन्तर्गत अहिले चाबहिल, चुच्चेपाटी, मित्रपार्क, कोटेश्वर, जडीबुटी, नयाँबजार खुसिबु, लैनचौर क्षेत्रमा अहिले विद्युत्को तार भूमिगत गर्ने काम तीव्र रूपमा अगाडि बढिरहेको छ ।

त्यसैगरी मध्य-पश्चिम चरणअन्तर्गत लैनचौरदेखि बूढानीलकण्ठसम्म काम भइरहेको छ । यस चरणको ठेक्का भारतीय कम्पनी केईआई इन्डस्ट्रिजले पाएकोे छ । उक्त समाचार आजको गोरखापत्र दैनिकमा छापिएको छ ।

प्रकाशित मिति : ६ माघ २०७७, मंगलबार  ७ : ०५ बजे

रास्वपा नवलपरासीका सभापति ठकुरी नेपाली कांग्रेसमा प्रवेश

नवलपरासी । प्रतिनिधिसभा निर्वाचन हुन एक साता बाँकी रहँदा राष्ट्रिय

सहकारी ठगीविरुद्ध कांग्रेसको ‘शून्य सहनशीलता’ नीति

काठमाडौं । नेपाली कांग्रेसले बचतकर्ताको सुरक्षा र ठगीविरूद्ध ‘शून्य सहनशीलता’को

फागुन २० गतेदेखि मतदान सम्पन्न नहुँदासम्म सवारीसाधन चलाउन नपाइने

काठमाडौं । निर्वाचन आयोगले फागुन २० गते राति १२ः०० बजेदेखि मतदान

प्रतिनिधिसभा सदस्य निर्वाचन : आचारसंहिता उल्लङ्घनका उजुरीमा ८७ वटा स्पष्टीकरण, ५७ जवाफ प्राप्त

काठमाडौं । केन्द्रीय आचारसंहिता अनुगमन समितिमा हालसम्म प्राप्त ८७ उजुरीका