२९ चैत्र २०८२, आइतबार | April 12, 2026

भारतको गुजरातमा फुटपाथमा सुतेका मजदुरमाथि ट्रकले कुल्चिँदा १३ जनाको मृत्यु



भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको गृहराज्य गुजरातमा फुटपाथमा सुतेका बेघर मजदुरमाथि ट्रकले कुल्चिँदा १३ जनाको मृत्यु भएको छ ।

सोमबार राति कोसाम्बा क्षेत्रस्थित किम–मान्डवी रोडको पालोडगाम नजिक फुटपाथमा सुतेका मजदुरमाथि ट्रक कुल्चिँदै अघि बढेको थियो । दुर्घटनामा १२ जनाको घटनास्थलमै र अन्य एकको उपचारको क्रममा मृत्यु भएको थियो । अन्य सात जना घाइतको उपचार भैरहेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

उखु बोकेको ट्याक्टरसँग ठोक्किएपछि चालकले सन्तुलन गुमाउँदा ट्रक फुटपाथमा गुडेको स्थानीय प्रहरीले जनाएको छ । मृतक सबै मजदुर राजस्थानको बान्सावाडा जिल्लास्थित कुशलगढका थिए। घाईतेहरुलाई उपचारका लागि स्थानीय अस्पताल भर्ना गरिएको छ भने मृतकको पोष्टमार्टम प्रक्रिया अगाडी बढाईएको छ । मध्यराती १२ बजे भएको घटनामा अनियन्त्रित रफ्तारमा आएको ट्रक फुटपाथमा सुतिरहेका १८ जना मजदुर माथि गुडेको थियो ।

घटनामा परि ६ महिनाको बालिकाको ज्यान बचेपनि उनका आमा बाबुको भने मृत्यु भएको प्रहरीले जनाएको छ ।

 

प्रकाशित मिति : ६ माघ २०७७, मंगलबार  ८ : ५० बजे

विमानस्थलका विद्युत् पोल नहट्दा सडक निर्माण प्रभावित

गण्डकी । पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा लगिएको ११ केभी डेडिकेटेड विद्युत्

आर्थिक गणनाको सम्पूर्ण तयारी पूरा

काठमाडौं । दोस्रो आर्थिक गणनाको तयारी अन्तिम चरणमा पुगेको छ

अन्तरराष्ट्रिय मानव अन्तरिक्ष उडान दिवस आज

काठमाडौं । मानव सभ्यतामा अन्तरिक्ष युगको सुरुआतको स्मरण गर्दै आज

एक वर्षमा सात हजार ६४८ विपद्का घटना : सबैभन्दा बढी आगलागीका

काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार

आज केही स्थानमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं । हाल देशमा कमजोर पश्चिमी न्यून चापीय प्रणालीसँगै स्थानीय