२० भदौ २०८३, शनिबार | September 5, 2026

कोरोना कहर : नयाँ चलचित्रले पनि किन दर्शकलाइ तान्न सकेन ?



काठमाडौं । माघ १ गतेबाट नेपाली चलचित्र ‘एउटा यस्तो प्रेम कहानी’ रिलिज भयो । सार्वजनिक विदाको दिन पारेर चलचित्र रिलिज गरिएको थियो ।

१० महिनादेखि बन्द हलमा नयाँ चलचित्र रिलिज हुँदा दर्शक आउने अपेक्षा गरिएको थियो । तर, चलचित्रले दर्शक नै तान्न सकेनन । नायक शिव श्रेष्ठको प्रस्तुतिमा तयार भएको चलचित्रलाई जोखिम मोलेर रिलिज गरिएको थियो । दर्शक नै नआउँदा चलचित्रले राम्रो व्यापार नै गर्न सकेनन ।

रिलिज भएको पहिलो दिन मल्टिप्लेक्स हलले यो चलचित्रलाई राम्रो शो उपलब्ध गराएका थिए । तर, बिहीबार नै हलमा दर्शकको खडेरी लागेपछि शोको संख्या घटाइएको थियो ।

नयाँ चलचित्र रिलिज भएपनि दर्शकहरू अहिले नै हलसम्म आउन नसक्ने चलचित्रकर्मी बताउँछन । “दर्शक हलसम्म आउनलाई अहिले त खत्रै खालको चलचित्र भएपछि मात्र आउँछन् । नत्र त्यसरी जोखिम मोल्न उनीहरू तयार छैनन्”, चलचित्र निर्माता तथा निर्देशक माधव वाग्ले बताउँछन् ।

चलचित्र क्षेत्रलाई चलायमान बनाउन र नयाँ नेपाली चलचित्र हलमा रिलिज भएको सन्देश दिन यो चलचित्र रिलिज गरिएको शिव श्रेष्ठको भनाई छ । “अहिले हामीले दर्शकका लागि भन्दा पनि चलचित्र क्षेत्र चलायमान भयो हैं भन्ने सन्देश दिनका लागि त्यो जाखिम मोलेका हौं”, श्रेष्ठले भने ।

चलचित्रमा शिव श्रेष्ठ, प्रियंका कार्की, वर्षा राउत, संजोग कोइराला, आयुष्मान देशराज जोशी, कविता मानन्धर, शक्ति श्रेष्ठ लगायतका कलाकारको अभिनय छ । चलचित्रमा चर्चित अनुहार समावेश गरेपनि दर्शक भने तान्न सकेन् ।

गत चैतबाट बन्द रहेका सिनेमा हल व्यवसायीले नै पुस १० गतेबाट खोलेका थिए । सरकारले अनुमति नदिएकै बेला उनीहरू सरकारलाई चुनौती दिँदै हल खोल्न अघि सरेका थिए ।

हल खोलेपनि अहिलेसम्म पुरानै चलचित्रको भरमा चलाइरहेका छन् । नयाँ चलचित्रको नाममा ‘एउटा यस्तो प्रेम कहानी’ रिलिज भएको थियो । त्यसले पनि दर्शक तान्न नसकेपछि अधिकांश हलहरू पुराना नेपाली र विदेशी चलचित्र प्रदर्शनमा ल्याइरहेका छन् ।

प्रकाशित मिति : ६ माघ २०७७, मंगलबार  ९ : ४४ बजे

भोटेकोशी बाढीबाट साढे सात हजार घरधुरी प्रभावित

काठमाडौँ । यही भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा

नेपाल भारत सीमानाकामा मनाइयो मानव बेचबिखन विरुद्धको २० औ राष्ट्रिय दिवस

नेपालगन्ज । “प्रविधिको सही प्रयोग र सजगताः मानव बेचबिखनरहित राष्ट्र्

अँध्यारो सुरुङभित्रको ‘हेलो… हेलो…’ र जीवनको खोजी

त्रिशूली । भोटेकोशी बाढीले धेरै परिवारको खुसी खोस्यो । बाढीमा

उद्धारमा खटिएका नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीलाई सलाम !

काठमाडौँ । नेपाली सेनाको नेतृत्वमा जारी खोज तथा उद्धारका क्रममा

पीडितमाथि अनावश्यक टिप्पणी गर्ने, हियाउने र थप पीडा दिन खोज्नेप्रति सरकार निर्मम हुने प्रधानमन्त्रीको चेतावनी

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले आफन्त गुमाएर अथाह पीडामा रहेका